नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजायी त्रिवेणी : मन्त्री पाण्डे  « Khabarhub

नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजायी त्रिवेणी : मन्त्री पाण्डे 


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजायी त्रिवेणी भएको बताएका छन् । 

बुधबार राष्ट्रपति कार्यालयमा आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन् । 

उनले नातिकाजीका गीत संगीतमा राष्ट्रभक्ति देश प्रेम ओतप्रोत भएको भन्दै अहिले पनि नेपालीलाई नेपालमा नै बसौँ बसौँ गाउँमा नै बसौँ बसौँ बनाउने भावना गीत संगीतमार्फत गराउनुपर्ने बताए ।

 भौतिक कुरा भन्दा अभौतिक कुरा महत्त्वपूर्ण हुने बताउँदै मन्त्री पाण्डेले नेपालीहरूको मनमा म नेपालमा नै बसेर केही गर्छु  भन्ने अभौतिक भावनाको विकास गर्न सके भौतिक कुराहरू निर्माण गर्न सकिने बताए। 

उनले भने, ‘भौतिक कुरा भन्दा भावना र अभौतिक कुरा महत्त्वपूर्ण हो । हामीले नेपाली युवामा नेपालमा नै केही गर्छु भन्ने भावनाको विकास गर्ने हो भने सडक, बिजुली सिँचाइ जस्ता सबै खाले पूर्वाधारको विकास गर्न सकिन्छ ।’ 

मन्त्री पाण्डेले अभौतिक कुरा र भावनाको विकास गराउन गीत संगीत र कला महत्पूर्ण माध्यम हुने बताए । उनले नेपाल भाषा, साहित्य, कला र संस्कृतिमा मात्र नभएर भूगोलमा पनि विविधता रहेको र यी कुरा नेपालको भौतिक विकास र समृद्धिको महत्त्वपूर्ण आधार भएको बताए । 

उनले सरकारले नातीकाजी जस्ता कालजयी स्रष्टाको सम्मान गर्ने गरी सरकारले के गर्न सक्छ भन्ने विषयमा पनि छलफल गर्ने बताए ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ३० बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा