नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजायी त्रिवेणी : मन्त्री पाण्डे  « Khabarhub

नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजायी त्रिवेणी : मन्त्री पाण्डे 


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजायी त्रिवेणी भएको बताएका छन् । 

बुधबार राष्ट्रपति कार्यालयमा आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन् । 

उनले नातिकाजीका गीत संगीतमा राष्ट्रभक्ति देश प्रेम ओतप्रोत भएको भन्दै अहिले पनि नेपालीलाई नेपालमा नै बसौँ बसौँ गाउँमा नै बसौँ बसौँ बनाउने भावना गीत संगीतमार्फत गराउनुपर्ने बताए ।

 भौतिक कुरा भन्दा अभौतिक कुरा महत्त्वपूर्ण हुने बताउँदै मन्त्री पाण्डेले नेपालीहरूको मनमा म नेपालमा नै बसेर केही गर्छु  भन्ने अभौतिक भावनाको विकास गर्न सके भौतिक कुराहरू निर्माण गर्न सकिने बताए। 

उनले भने, ‘भौतिक कुरा भन्दा भावना र अभौतिक कुरा महत्त्वपूर्ण हो । हामीले नेपाली युवामा नेपालमा नै केही गर्छु भन्ने भावनाको विकास गर्ने हो भने सडक, बिजुली सिँचाइ जस्ता सबै खाले पूर्वाधारको विकास गर्न सकिन्छ ।’ 

मन्त्री पाण्डेले अभौतिक कुरा र भावनाको विकास गराउन गीत संगीत र कला महत्पूर्ण माध्यम हुने बताए । उनले नेपाल भाषा, साहित्य, कला र संस्कृतिमा मात्र नभएर भूगोलमा पनि विविधता रहेको र यी कुरा नेपालको भौतिक विकास र समृद्धिको महत्त्वपूर्ण आधार भएको बताए । 

उनले सरकारले नातीकाजी जस्ता कालजयी स्रष्टाको सम्मान गर्ने गरी सरकारले के गर्न सक्छ भन्ने विषयमा पनि छलफल गर्ने बताए ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ३० बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग