बुद्धले आफ्नो मृत्यु घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाऊँ : उपप्रमुख डंगोल | Khabarhub Khabarhub

बुद्धले आफ्नो मृत्यु घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाऊँ : उपप्रमुख डंगोल


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गौतम बुद्धले आफुले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नु भन्दा ३ महिना अघि नै आयुसंस्कारपरित्याग घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन माग गरेकी छन् ।

श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले आज आयोजना गरेको ‘भगवान बुद्धको आयुसंस्कारपरित्याग दिवस’का अवसरमा बसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो माग गरेकी हुन् ।

‘माघपूर्णिमा (सिल्लापुन्हि) भगवान गौतम बुद्धले आफुले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नु भएको दिन हो,’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘गौतम बुद्ध जन्मिएको दिन भनेर बुद्धजयन्ती मनाउँछौँ । उनले निर्वाण (मृत्युवरण) प्राप्त गरेको र बुद्धत्व प्राप्त गरेको दिन वैशाखशुक्ल पूर्णिमा पनि धूमधामसँग मनाउने चलन छ । तर, उनले अब म ठिक तीन महिनापछि निर्वाण प्राप्त गर्छु भनेर घोषणा गरेको दिन आयुसंस्कारपरित्यागको दिनबारे धेरैलाई जानकारी नै छैन ।’

उनले त्यो दिनको महत्व दर्शाउन काठमाडौं महानगरपालिका आफ्नो ठाउँबाट सहयोग गर्न तयार रहेको पनि स्मरण गराइन् ।

‘बुद्ध धर्म मान्ने विश्वका थुप्रै देशहरुले यो दिनलाई विशेष महत्वका रुपमा लिदैँ आएका छन्,’ उनले भनिन्, ‘तर, बुद्धको जन्मभूमि नेपालमा हामीले धेरैलाई यो बारे जानकारी समेत दिन सकिरहेका छैनौँ । त्यहि कुराको महत्वलाई दर्शाउँदै हामीले खुलारुपमा मनाउने थालनी गरेका छौँ ।’

उनले यो दिनलाई राष्ट्रिय महत्वका रुपमा चिनाउनुपर्नेमा जोड दिइन् ।

‘हामीले विश्वलाई हाम्रो देश चिनाउँदा सगरमाथाको देश भगवान गौतमबुद्धको जन्मभूमिको देश भनेर चिनाउँने गर्छौ र गर्व पनि गरिरहेका हुन्छौँ,’ उनले भनिन्, ‘भगवान गौतम बुद्धको जन्मभूमिको देश भनेर चिनाउने यो भूमिलाई भगवान बुद्धका शिक्षा, सन्देश र उहाँसँग जोडिएका यस्ता महत्वपूर्ण दिनहरुलाई पनि सम्झिनु उत्तिकै महत्वपूर्ण छ ।’

उनले माघपूर्णिमा (सिल्लापुन्हि) का दिन हरेक वर्ष भगवान बुद्धको दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्नेमा पनि जोड दिइन् ।

‘श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले यो दिवस मनाउने भनेपछि महानगरपालिकाले ‘होस्टेमा हैँसे’ मात्रै गरेको हो,’ उनले भनिन्, ‘हामीले बुद्धका सन्देशलाई जीवनमा उपयोग गर्ने हो भने यो संसारिक दुःखबाट मुक्त हुने बाटो अपनाउन केही सहज हुन्छ । महानगरपालिकाले बुद्धको सन्देशलाई शिक्षासँग, बालबालिका र सबै उमेरसँग पनि जोड्नुपर्छ भनेर परियति शिक्षालाई अघि बढाउँदै आएको छ ।’

कार्यक्रममा कौन्डण्य महास्थवीरले ४५ वर्षसम्म उपदेश सञ्चार गरेको भन्दै युद्ध होइन शान्ति रोज्नुपर्छ भन्ने सन्देश गौतमबुद्धले दिएको स्मरण गराए ।

‘आफ्ना कर्मठ शिष्यहरु, शिक्षु र भिक्षुणीहरु, उपासक-उपासिकाहरु प्राप्त भैसकेका थिए,’ उनले भनिन्, ‘त्यतिबेला भगवान बुद्ध ८० वर्षको हुनुहुन्थ्यो । उनीहरुले तपाईं महापरिनिर्वाण हुनका लागि उचित समय हो भनेपछि उनले आजकै दिन आयुसंस्कारपरित्यागलाई स्वीकार गर्दै ठिक तीन महिनापछि अर्थात् बैशाख पूर्णिमाका दिन आफ्नो महापरिनिर्वाण हुने दिनको घोषणा गर्नुभएको थियो । त्यसैले पनि यो दिनको विशेष महत्व रहेको छ ।’

श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरका अध्यक्ष ईन्जिनियर्स दिलरत्न शाक्यले भगवान बुद्धले माघ शुक्लपूर्णिमामा अर्थात शिलापुन्हिका दिन आफू बैशाख पूर्णिमामा आफ्नो महापरिनिर्वाण हुने घोषणा गरेको दिन भएकाले पनि महत्वपूर्ण रहेको उल्लेख गरे ।

‘यसरी तीन महिना अघि नै आयुसंस्कार परित्याग गर्ने दिनको घोषणा गर्नुभएकाले त्यही दिनलाई विश्वभरका बौद्धमार्गीहरुले यस दिनलाई दिवसका रुपमा मनाउने गरेका छन्,’ उनले भने, ‘माघ पूर्णिमाका दिन थेरवादी विहारहरुमा यसु दिवसलाई मनाउने गरेको पाइन्छ तर महायान तथा वज्रयान बिहारहरुमा यस दिवसलाई मनाउने गरेको त्यति सुन्नमा आएको छैन,’ उनले भनिन्, ‘श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले गत वर्षदेखि सबै मिलेर शोभा यात्राका रुपमा मनाउने चलन सुरु गरेको छ । यसले विस्तारै प्रचार पनि पाएको छ ।’

उनले भगवान बुद्धले आयुसंस्कार परित्याग गर्नुभएको सन्दर्भमा यसको दार्शनिक पक्ष, ऐतिहासिक पक्ष, सांस्कृति पक्षलगायत विभिन्न कोषबाट अध्ययन–अनुसन्धान गर्दा धेरै कुरा उजागर भएको पनि स्मरण गराए ।

बुद्धकालीन समयका धेरै विषयहरु पलिभाषामा भएकाले पाली भाषालाई पनि प्रवर्द्ध तथा संरक्षण गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा उक्त विहारका सचिव संघरत्न शाक्यलगायतले पनि सम्बोधन गरे । कार्यक्रमा राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्य, सांसद विराजभक्त श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, नेवा दे दबूःका अध्यक्ष पवित्र बज्राचार्यलगायत उपस्थित थिए ।

आयुसंस्कार परित्याग दिवसका दिन भगवान बुद्धको मूर्ति विशेष रुपले सजाएर गाडीमा विराजमान गराई बसन्तपुरबाट विभिन्न सांस्कृतिक वाजागाजासहित शोभायात्रा गरी नगर परिक्रमा गराइएको थियो ।

गौतमबुद्धले २९ वर्षको उमेरमा गृहत्याग गर्नुभएको थियो भने ३५ वर्षको उमेरमा वैशाखपूर्णिमाको रातमा सम्बोधि लाभ (वोधिज्ञान) गरेका थिए । २५०० वर्षअघि वैशाखपूर्णिमाका दिन लुम्बिनीमा जन्मिएका बुद्धले ८० वर्षको उमेरमा वैशाखपूर्णिमाकै दिन सहज महापरिनिर्वाण प्राप्त गरेका थिए ।

‘१२ सय ५० भन्दा बढी अर्हत् भिक्षुहरु एकीकृत भएको, एकत्रित सबै भिक्षुहरुको बुद्धवाक्यद्वारा उपसम्पदा हुनु, एकत्रित सबै भिक्षुहरुको पूर्वसूचनाबिना समागन हुनु, एकतृत भिक्षुहरूलाई भगवान बुद्धद्वारा ओवाद प्रतिमोक्ष उपदेश प्रदान गर्नु जस्ता सुयोगले पनि यो दिनलाई धुमधामसँग मनाउने परम्परा छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ४७ बजे

कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

चितवन – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको