बागमती प्रदेशको वन ऐन संशोधन गरिने « Khabarhub

बागमती प्रदेशको वन ऐन संशोधन गरिने


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कमलामाई– बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले प्रदेश र सङ्घको वन ऐन बाझिएकाले संशोधन गरिने बताएका छन्।

यहाँको रानीवासस्थित सव डिभिजन वन कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले वनको संरक्षण गरी त्यसको उपयोग गर्न प्रदेश सरकारले काम गरिरहेको बताए । 

प्रदेशसभा सदस्य मात्रिकाप्रसाद भट्टराईले कुनै पनि ऐन, कानुन बनेर मात्रै नहुने धारणा राखे । त्यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उनको जोड थियो । हरियो वन नेपालको धन भएकाले यसको संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण हुने अर्का प्रदेशसभा सदस्य सुष्पा भुजेलले बताए । 

जिल्लाका स्थानीय तहका प्रमुहखहरुले स्थानीय वन ऐन निर्माण हुन नसक्दा स्थानीय सरकारलाई काम गर्न समस्या भएको बताएका थिए । उक्त सब डिभिजनको भवन एक करोड ७९ लाख ६९ हजार आठ सय ७४ मा सम्पन्न भएको हो । 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ५३ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली