कर्णाली सरकारले प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने « Khabarhub

कर्णाली सरकारले प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको निजामती सेवा ऐन संशोधन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्ने निर्णय गरेको प्रवक्ता विनोद शाहले जानकारी दिए ।

उनका अनुसार परिमार्जित विधेयकलाई पेस गर्ने र परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाइने छ । सरकारले २९ असोज २०८० मा कर्णाली प्रदेश निजामती सेवा ऐन लागू गरेको हो ।

बैठकले प्रदेश सरकारले विभिन्न समयमा विपद्, उद्धार तथा राहतमा प्रयोग गरेको हेलिकप्टरको भाडा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निकासा दिने गरी स्वीकृत गरेको छ । मन्त्रालयले विभिन्न समयमा दुई लाख ९१ हजार रुपैयाँ रकम भुक्तानी गर्न बाँकी थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कायममुकायम सचिवमा वरिष्ठ बाली विकास अधिकृत परशुराम रावतलाई जिम्मेवारी दिने निर्णयसमेत गरिएको प्रवक्ता शाहले जानकारी दिए ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ४८ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली