आहा रारा गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा « Khabarhub

आहा रारा गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । योसँगै पुलिसले कीर्तिमानी ११ औं पटक आहा राराको फाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामभएको खेलको ५८ औं मिनेटमा सञ्जीव लामाले गरेको गोल नै निर्णायक बन्यो। उनले पेनाल्टी बक्स बाहिरबाट नै गरेको प्रहारलाई चर्च ब्वाइजका गोलकिपरले रोक्ने मौका नै पाएनन्।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा पुलिसले खेल आफ्नो पक्षमा पार्‍यो। चर्च ब्वाइजले पनि केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

अब पुलिसले उपाधिका लागि थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग शनिबार खेल्नेछ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ९ : ०४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा