आहा रारा गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा « Khabarhub

आहा रारा गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । योसँगै पुलिसले कीर्तिमानी ११ औं पटक आहा राराको फाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामभएको खेलको ५८ औं मिनेटमा सञ्जीव लामाले गरेको गोल नै निर्णायक बन्यो। उनले पेनाल्टी बक्स बाहिरबाट नै गरेको प्रहारलाई चर्च ब्वाइजका गोलकिपरले रोक्ने मौका नै पाएनन्।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा पुलिसले खेल आफ्नो पक्षमा पार्‍यो। चर्च ब्वाइजले पनि केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

अब पुलिसले उपाधिका लागि थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग शनिबार खेल्नेछ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ९ : ०४ बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई