युक्रेन ३० दिन युद्ध विराम गर्न तयार, अमेरिकाले सहयोगलाई निरन्तरता दिने « Khabarhub

युक्रेन ३० दिन युद्ध विराम गर्न तयार, अमेरिकाले सहयोगलाई निरन्तरता दिने


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

साउदी – साउदी अरेबियामा अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३० दिन युद्ध विराम गर्ने सहमति जनाएको छ।

युक्रेन जल, जमिन र हवाई युद्ध रोक्नका लागि तयार भएको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका उप प्रमुखले अमेरिकाले फेरि सैन्य सहयोगलाई निरन्तरता दिने सहमति समेत भएको बताएका छन्।

अमेरिकी विदेश मन्त्रीले बल रुसको कोर्टमा पुगेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई फेरि ह्वाइट हाउमसा आमन्त्रण गर्न तयार रहेको बताएका छन्। राष्ट्रपति जेलेन्स्की समावेश नभएको सो वार्तामा उनको प्रतिनिधित्व आन्द्रे यारमाकले गरेका थिए।

सो वार्तापछि जेलेन्स्कीले पोस्ट गरेको भिडियोमा तीन कुरा प्रमुख छन्। आकाश, जल र जमिनमा शान्ति, बन्दीको रिहाइ तथा अपहरण गरिएका युक्रेनका बालकको रिहाइ पहिलो चरणमा युक्रेनले राखेको शर्त हो। पहिलो चरणमा ३० दिनको युद्ध विराम भएमा अर्को चरणका लागि समेत तयार भएको उनले बताएका छन्।

साउदी अरेबियामा भएको वार्तामा सहभागी नेता । गेट्टी इमेज

अमेरिकी विदेश मन्त्री मार्क रुबियोले ८ घण्टा लामो वार्ताको विषय खनिज सम्झौता नभएको बताएका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै