सरकारको नालायकीले निरंकुशतन्त्र टाउको उठाउन खोज्दैछ : वर्षमान | Khabarhub Khabarhub

सरकारको नालायकीले निरंकुशतन्त्र टाउको उठाउन खोज्दैछ : वर्षमान


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ काँग्रेस र एमालेको नालायकीका कारण इतिहास भइरहेको सामन्ती राजतन्त्रले टाउको उठाउने जमर्को गरेको बताएका छन् । 

मगर राष्ट्रिय मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई मंगलबार रुपन्देहीमा सम्बोधन गर्दै पुनले कांग्रेस र एमालेको कूशासन, भ्रष्टाचार र बेथितिका कारण निरंकुश राजावादी शक्तिले इतिहास भइसकेको पुरानै स्वर्ग फर्काउन सकिन्छ कि भन्ने प्रयत्न गरेको बताए । 

‘दुई तिहाइ गठबन्धनको नाममा सरकार चलाएका दुई दलले बिचौलिया वर्ग, स्वार्थ समूह र आफ्नो पार्टीको पनि सीमित गुटको स्वार्थमा सत्ताको दुरुपयोग गरिरहेका छन्’, पुनले भने, ‘शासनमा रहेकाहरूको नालायकीको फाइदा उठाएर निरंकुशतावादी प्रतिगामी शक्तिहरूले टाउको उठाउने कोसिस गरिराखेका छन् । मुलुकका लागि यी दुवै प्रवृत्ति घातक छन् ।’ 

जनताको बलिदानी पूर्ण संघर्ष र त्यागबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई दलाल तथा पुँजीपति र बिचौलिया वर्गले सत्ता स्वार्थमा प्रयोग गरेका कारण जनता र खा गरी युवा वर्गमा व्याप्त निराशालाई प्रतिगामी शक्तिले व्यवस्थाविरुद्ध उपयोग गर्न खोजेको टिप्पणी पुनको थियो । 

उनले आफूहरूले जनयुद्ध लडेर ल्याएको गणतन्त्र, सङ्घीयता, समावेशीता तथा उत्पीडित जाति, क्षेत्र, वर्ग, लिंगका अधिकार रक्षाको दायित्व पनि आफूहरूकै भएको बताए । 

उनले परिवर्तनमाथि धावा बोल्ने दक्षिणवादी प्रवृत्ति र यथास्तिवादी शक्तिविरुद्ध एकैसाथ प्रहार गर्ने नीतिसहित आफूहरू अगाडि बढ्ने उल्लेख गरे । 

‘दलाल तथा बिचौलियाहरुलाई प्रोत्साहन गर्ने कांग्रेस र एमालेको सरकारले जतनमा र त्यसमा पनि युवाहरूमा निराशा बाँडेको छ’, उनले भने, ‘आन्दोलनमार्फत किसान, महिला, मजदुर, उत्पीडित, जाति, क्षेत्र र वर्गले प्राप्त गरेको अधिकार रक्षा गर्ने र थप सशक्त गर्दै अगाडि बढ्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’

फरक प्रसंगमा पुनले प्रचण्डले उत्पीडितहरूको आवाज बोलेका कारण सामन्त, जमिनदार, दलाल, भ्रष्टाचारी र बिचौलियाहरूले आफ्ना अध्यक्ष प्रचण्डमाथि प्रहार केन्द्रित गरेको बताए । 

‘प्रचण्ड उत्पीडितहरूको आवाज हो’, उनले भने, ‘प्रचण्डको रक्षा हामी सबै उत्पीडित, जाति, क्षेत्र र वर्गको जिम्मेवारी भएको छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : ०३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस