भ्रष्ट नेताको बिदाइ गर्न राजसंस्था चाहिएको छ : धवलशमशेर | Khabarhub Khabarhub

भ्रष्ट नेताको बिदाइ गर्न राजसंस्था चाहिएको छ : धवलशमशेर


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

   
बर्दिया– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन्। नेपाली जनताले राजसंस्था माग गरेको राणाको भनाइ छ।

‘भ्रष्ट नेताहरूको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ। धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,’ राप्रपा नेता राणाले बुधबार भने।

राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म राप्रपाले जारी राखेको अभियान नरोकिने उनले बताए।

‘नेताहरूले हाम्रो धर्म, संस्कृति बेचेको कुरा अहिले प्रष्ट भएको छ। अमेरिकी राष्ट्रपति, अमेरिकी सांसद, भारतीय सांसदहरूले नै यो कुरा उठाइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइबाटै नेपालमा धर्म-संस्कृति मास्ने काम भएको, अमेरिका र नेपाल दुवैतर्फ भ्रष्टाचार भएको प्रष्ट भएको छ,’ राणाले भने।

बर्दिया जिल्लामा आयोजित बृहत् मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै राणाले यो विचार व्यक्त गरेका हुन्। देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनातन हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, सङ्घीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे।

राप्रपा आन्दोलन परिचालन समितिले फागुन महिनाभरि सातै प्रदेशका प्रमुख शहरहरूमा मोटरसाइकल र्‍याली सञ्चालन गर्ने र चैत महिना काठमाडौँ केन्द्रित आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : २९ बजे

स्थानीय तहसँग अनुभव आदानप्रदान गर्दै पोखरा महानगर

गण्डकी– पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्दै विभिन्न कार्यक्रमका साथ

कोशीमा पहिलोपटक प्रदेश राजस्व कार्यालय

धरान– कोशी प्रदेश सरकारले पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशील बनाइने छ : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारसँगको संवाद र

स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद