संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल « Khabarhub

संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी गर्नेगरी सरकारले काम अगाडि बढाएको बताएका छन् । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज नेपाल शिक्षक महासङ्घले आयोजना गरेको धर्ना कार्यक्रममा महासचिव पोखरेलले शिक्षासँगै अड्किएका कानुन चाँडै ल्याउनका लागि देशका दुई प्रमुख पार्टी मिलेर सरकार बनाएको बताए। 

‘राज्यले शिक्षकको मागलाई ध्यानमा राखेर, संविधानको भावनालाई आत्मसात गर्दै शिक्षा ऐन जारी गर्छ, यो विषयलाई यही सदनमा टुङ्ग्याउन पाएहुन्थ्यो भनेर हामी आफैँ लागिरहेका छौँ’, उनले भने। 

महासचिव पोखरेलले शिक्षा ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि शिक्षक महासङ्घको सहयोग पनि आवश्यक रहेको बताए। उनले शिक्षकहरूको नेतृत्वमा बस्ने नेताले आफ्ना विद्यालय पनि राम्रो बनाउन लाग्नुपर्ने भनाइ राखे। उनले नेपालमा राजनीतिक दलले शिक्षामा समस्या ल्याए भन्ने गलत कुरा भइरहेको भन्दै अहिले शिक्षा क्षेत्रमा भएको विकास राजनीतिको योगदान हो भन्ने कुरा बिर्सन नहुने बताए।

महासचिव पोखरेलले परम्परागत शिक्षा प्रणालीलाई उद्यमशीलता र जीवन जिउने शिक्षामा परिवर्तन गर्न आवश्यक रहेको भनाइ राखे। उनले नेपालको शिक्षाले अब सीपयुक्त र व्यावहारिक जनशक्ति उत्पादन गर्नुपर्ने भन्दै शिक्षाले नागरिक कर्तव्यसहितको जनशक्ति उत्पादन गर्नुपर्ने बताए। 

कार्यक्रममा शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले शिक्षक र कर्मचारी हितमा चाँडै शिक्षा ऐन जारी गर्नुपर्ने बताए। उनले ऐन जारी गर्नका लागि राजनीतिक दललाई दबाब दिनका लागि धर्ना कार्यक्रम राखिएको बताए। 

महासङ्घले दोस्रो चरणको आन्दोलनअन्तर्गत यही फागुन २७ गतेदेखि चैत ५ गतेसम्म शिक्षा ऐन जारी गर्न र विद्यालय शिक्षा विधेयक अघि बढाउनका लागि प्रमुख राजनीतिक दलका कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिइरहेको छ । 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : ४६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका