आफ्ना दुई फिल्म जुधेपछि दिव्यदेव भन्छन्- अब यस्तो नदोहोरियोस् | Khabarhub Khabarhub

आफ्ना दुई फिल्म जुधेपछि दिव्यदेव भन्छन्- अब यस्तो नदोहोरियोस्


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दिव्यदेव पन्त पछिल्लो समय नेपाली फिल्मको सहायक पात्रका लागि रुचाइएका कलाकार हुन् ।

थियटर पृष्ठभूमिबाट आएका उनले फिल्ममा अभिनयबाट निर्माताको मन जितेका छन् । अग्लो कद र ओजिलो आवाजले उनलाई फिल्ममा व्यस्त हुन झन् सहयोग पुर्‍याएको छ ।

चैत २९ गतेदेखि दिव्यदेवका दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आएका छन्‌ । दिव्यदेव दुवै फिल्मको प्रचारमा भ्याएसम्म उपस्थित भएका छन्‌ ।

यसबारे उनी भन्छन्, ‘चुनौती चाहिँ हुनेरहेछ, धपेडी पनि हुने रहेछ । दुवै फिल्ममा सहायक भूमिकामा भएकाले केही सहज भने भएको छ ।’

यसरी दुई फिल्म हलमा जुधेको अनुभव दिव्यदेवले पहिलो पटक लिएका हुन् । उनले ‘कर्मा’ मा प्रहरी र ‘पिताम्बर’ मा खलपात्रको भूमिका निर्वाह गरेका छन् ।

दुवै फिल्ममा फरक चरित्र निर्वाह गरेका कारण दुवै फिल्म ‘धेरैभन्दा धेरै दर्शकले हेरुन्’ भन्ने इच्छा उनमा छ । उनी थप्छन्, ‘त्यही भएर दुवै फिल्म प्रचारका लागि समय व्यवस्था पनि गरेको छु ।’

‘फिल्म जुध्दा कस्तो अनुभव भयो ?’ भन्ने प्रश्नमा दिव्यदेवको जवाफ छ– ‘अब यस्तो नदोहोरियोस् ।’

दिव्यदेवसँग खबरहबले गरेको संक्षिप्त कुराकानी :

चैत २९ बाट तपाईंको अभिनय रहेका दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आएका छन्‌ । कस्तो छ प्रचार व्यस्तता ?

– मेरा लागि चाहिँ अलि चुनौतीपूर्ण नै छ । मेरा लागि दुवै फिल्म प्रिय छन् । दुवै मेरा लागि महत्त्वपूर्ण पनि छन् । मेरो भूमिका र मेकरहरूसँगको सम्बन्धको हिसाबले पनि !

दुवै फिल्मका मेकरले ‘उता पनि जानू, यता पनि गर्नू’ भन्नुभएको छ । तर, मलाई चाहिँ धपेडी चाहिँ महसुस भएको छ ।

दुई फिल्म हलमा जुध्दा प्रचारका लागि कलाकारलाई कत्तिको चुनौती हुँदो रहेछ ?

– चुनौती हुन्छ । मैले दुवै फिल्ममा केन्द्रीय भूमिका निर्वाह गरेको भए साह्रै नै चुनौती हुन्थ्यो होला । प्रचारका लागि काँध बलियो बनाएर बसेका मेरो सहकर्मीहरू हुनुहुन्छ । त्यसकारणले मलाई ठूलो बोझ चाहिँ छैन ।

अब के भने– मेरा दुवै फिल्म धेरैभन्दा धेरै दर्शक समक्ष पुगोस् भन्ने इच्छा चाहिँ छ । त्यसैले प्रचारमा सकेसम्म खटिरेहको छु ।

तपाईंको प्राथमिकतामा ‘कर्मा’ र ‘पिताम्बर’ कुन बढी ? कुन फिल्म धेरै दर्शक समक्ष पुगोस् भन्ने चाहनुहुन्छ ?

– म यो जवाफमा कूटनीतिक हुनु पनि पर्ला । तर म नभई भन्छु – यी दुवै फिल्ममा मैले निर्वाह गरेको चरित्र फरक छन् ।

म एउटा फिल्ममा गुण्डा र अर्को फिल्ममा प्रहरी बनेको छु । दुवै फिल्ममा मेरो भूमिका शक्तिशाली छ ।

दुवै फिल्ममा मैले निर्वाह गरेको भूमिकाले ठूलो प्रभाव पार्छ । ‘स्क्रिनटाइम’ पनि उत्तिकै छ । त्यसैले दुवै फिल्ममा मेरो प्राथमिकता उत्ति नै छ । म त्यसरी नै अगाडि बढेको छु ।

दर्शकलाई कुन फिल्म पहिला हेर्न आग्रह गर्नुहुन्छ ?

– यसबारे चाहिँ म मौन नै छु । मुख्य कुरा दर्शकहरूले मैले भनेर फिल्म हेर्ने मनस्थिति बनाउने होइन ।

ट्रेलर, गीत र प्रचार सामग्री हेरेर उहाँहरूले एउटा मन बनाइसक्नु भएको हुन्छ । उहाँहरूलाई जुन रुचि लाग्छ त्यही पहिला हेर्नुहुन्छ । आशावादी छु कि दुवै फिल्म हेर्नुहुन्छ ।

दुई फिल्मले हलमा प्रस्पिर्धा गरेको यो पहिलो पटक हो । कस्तो अनुभव भयो ?

– सकेसम्म यस्तो नहोस् अब । म केन्द्रीय कलाकार नै भएको भए झन् के हुन्थ्यो होला ?

भिडियो रिपोर्ट लिंक : https://www.youtube.com/watch?v=GIXkz-zyG7s

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  २ : १९ बजे

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै 

काठमाडौं– नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज

एमाले केन्द्रीय सदस्य ढकालको प्रस्ताव : पार्टी एकताबद्ध राख्न ओली नेतृत्व अपरिहार्य

काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले पार्टीलाई एकताबद्ध

बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान

काठमाडौं– बलिउडमा कलाकारहरूबीचको पारिश्रमिक असमानता लामो समयदेखि बहसको विषय बनेको

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा– नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने