ट्रम्पका दूत स्टिभ र पुटिनबीच चार घण्टा वार्ता « Khabarhub

ट्रम्पका दूत स्टिभ र पुटिनबीच चार घण्टा वार्ता

युक्रेनसँग युद्ध विराम हुनेमा अमेरिका आशावादी


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – शुक्रबार अमेरिकी दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग सेन्टपिटरबर्गमा भेट गरेका छन्। सो भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति युद्ध विरामका लागि सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। युक्रेनको व्यवस्थापनको विषयमा चार घण्टा लामो वार्ता भएको रुसले जनाएको छ।

पुटिनका दूत किरिल डिमिट्रिभले विटकोफ र पुटिनबीच यस वर्ष तेस्रो पटक वार्ता भएको जानकारी दिए। उनले सो वार्ता उपलब्धि मूलक भएको बताए। यसअघि शुक्रबार बिहान मात्र पनि ट्रम्पले रुससँग आक्रोश पोखेका थिए। उनले रुस युद्धतर्फ लम्किरहेको तथा हजारौँ जनाको ज्यान गइरहेको भन्दै सामाजिक सञ्जालमा गुनासो गरेका थिए।

रुसलाई वार्ताका लागि थप दबाब दिने उद्देश्यले शुक्रबार बिहान मात्र युरोपेली देशले किभलाई २४ अर्ब अमेरिकी डलर बराबरको सैन्य सहयोगको घोषणा गरेका थिए। युरोपको रक्षा मन्त्रीले युद्ध सकिने कुनै सम्भावना नदेखेकाले युक्रेनलाई सहयोग गर्नु आवश्यक रहेको बताएका थिए। डिमिट्रिभले ट्रम्प र पुटिन बीचमा वार्ता भएपछि यसले धेरै कुराको तय हुने बताए। उनले अहिले नै कुनै महत्त्वपूर्ण निर्णय नहुने प्रष्ट पारे।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले भने रुसले ४ अप्रिलमा क्रिल रिहमा गरेको भीषण आक्रमणको निन्दा गर्दै सर्वसाधारणलाई समेत लक्षित गरेको आरोप लगाए। सो आक्रमणमा ९ बालबालिकासहित १९ जनाको ज्यान गएको थियो। उनले थुप्रै चिनियाँ रुसको तर्फबाट युद्धलडिरहेको तथा दुई जनालाई कब्जामा लिएको समेत बताए।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : ५१ बजे

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म