‘कोरला नाकाबाट घरायसी सामान ल्याउन रोकिएको छैन’ « Khabarhub

‘कोरला नाकाबाट घरायसी सामान ल्याउन रोकिएको छैन’


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रबार लोमान्थाङ भएको कोरला नाका व्यापार प्रवर्द्धनसम्बन्धी छलफलमा मुस्ताङ भन्सार कार्यालयले उक्त जानकारी दिएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको उपस्थितिमा भएको छलफलमा मुस्ताङ भन्सार, अध्यागमन कार्यालय, प्रशासन, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र स्थानीय व्यापारीको उपस्थितमा व्यापार प्रवर्द्धनमा हाल देखिएका समस्या र त्यसको समाधानको बाटो पहिल्याउन छलफल भएको थियो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख करवीर गैरेले भन्सार कार्यालयमा स्थानीय कर्मचारी व्यवस्थापन गर्न समस्या भएको बताए ।

नाका खुले पनि मुस्ताङ कार्यालयमा आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा कोरला नाकाबाट आयात गरिने सामानको राजश्व सङ्कलन गर्न समस्या भएको प्रमुख गैरेले उल्लेख गरे । तर व्यापारिक प्रयोजन छोडेर घरायसी सामान ल्याउन सरकारले नै व्यवस्था गरेकाले त्यस्ता सामान ल्याउन भन्सार कार्यालयले कुनै बाधा नगरेको उनको भनाइ छ ।

भन्सारको पूर्वाधार नभएको र तत्कालको अवस्था व्यापारिक प्रयोजनका लागि सामान ल्याउन दिँदा अवैध गतिविधि बढ्ने सम्भावना रहेको भन्सार प्रमुख गैरेको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले कोरला नाकाबाट व्यापार सहज बनाउन भन्सार कार्यालयले ध्यान दिनुपर्ने बताए ।

कोरला नाका व्यापार प्रवर्द्धनसम्बन्धी बसेको छलफलमा (नेपाल–चीन) दुई देशबीचको कोरला नाकाबाट सामान ल्याएर व्यापार सुरु गर्ने र स्थानीय व्यापारीको समस्या समाधान गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको लोमान्थाङ गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिए ।

यसैगरी कोरला नाकाको व्यापार सहजिकरणका लागि भन्सार, अध्यागमन कार्यालयको सञ्चालन गर्ने र भन्सार कार्यालयसँग सम्बन्धी अन्य कार्यालयको स्थापना गर्न पहल गर्ने निर्णय गरिएको छ ।

यस्तै, उपल्लो मुस्ताङको सीमावर्ती गाउँपालिकामा स्थानीय व्यापारीलाई सहज रूपमा व्यापार गर्ने कार्यका लागि सहजिकरणको पहल गर्ने निर्णय भएको छ ।

कोरला नाका २०८० कार्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुला भएको हो । गत पुसमा कोरला नाकाबाट अवैध रूपमा विद्युतीय चुरोट (भेप) बरामद भएपछि यस नाकाबाट सामान ल्याउन मुस्ताङ भन्सार कार्यालयले कडा निगरानी गरेको छ ।

नाका खुलेको १४ महिनासम्म सहज व्यापार गर्दै आइरहेका उपल्लो मुस्ताङले पछिल्लो पाँच महिनादेखि कोरला नाकाबाट सामान ल्याएर व्यापार गर्न पाएका छैन । 

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : ३४ बजे

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई