नदी तथा खोलाले कटान गरेका खेतीयोग्य क्षेत्रको संरक्षण गरिने « Khabarhub

नदी तथा खोलाले कटान गरेका खेतीयोग्य क्षेत्रको संरक्षण गरिने


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले नदी तथा खोलाले कटान गरेका खेतीयोग्य क्षेत्रको संरक्षण गरेर किसानलाई भूमिहीन हुनबाट जोगाउन लागेको बताएका छन् ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ मा शुक्रबारदेखि सुरू भएको ‘जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले नदी र खोलाको बहावको कारण क्षति पुगेका तथा बगर बनेका भूमिको संरक्षण गरेर किसानलाई न्याय दिन लागिएको बताए ।

बागमती प्रदेशभित्रका केही जिल्लामा नमूना योजनाको रूपमा यो वर्षदेखि सुरू गर्न लागिएको यस योजनाको लागि ३० करोड बजेट उपलब्ध गराइएको उनले जानकारी दिए ।

‘प्रदेशभित्रका नदी र खोलाले प्रभावित बनाएका जिल्लामा एकैसाथ कार्यक्रम सञ्चालनको योजना बनाए पनि समपुरक अन्तर्गत माग गरिएअनुसार केन्द्र सरकारबाट बजेट नपाएकाले सीमित स्रोतले नमूना योजनाको रूपमा सुरू गर्न लागिएको छ ।’

उनले भने, ‘नुवाकोटको ताँदी र लिखु खोलाको कटान नियन्त्रण गर्दै क्षति पुगेका र बगरमा परिणत भएका जग्गा संरक्षण गरेर पीडित बनेका किसानलाई राहत दिनेछौँ ।’ नुवाकोटमा नमूनाको रूपमा सुरू हुने उक्त कार्यक्रमले यहाँको लिखु र ताँदी खोलाले क्षति पुर्‍याएकामध्ये २८ हजार रोपनी जग्गाको संरक्षण गरिने लक्ष्य छ ।
 
खोला र नदी किनारको जग्गा उर्भरयुक्त भूमि हुने र उक्त स्थानमा सिँचाइ सहितको सरल सुविधाले कृषि उब्जनी वृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रको विकास, पूर्वाधारको निर्माण र नयाँ खेलाडी उत्पादनको लागि अवसरको रूपमा लिनुपर्ने बताए ।

नुवाकोटका बाह्र स्थानीयतहको सहभागितामा ऐतिहासिक पर्यटकीय क्षेत्र घ्याङस्वारमा शुक्रबारदेखि सुरू भएको प्रतियोगिता आगामी सोमबारसम्म चल्ने आयोजक पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । 

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : ५५ बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी