एमालेले आज झापामा जागरण सभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने « Khabarhub

एमालेले आज झापामा जागरण सभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमालेले आज झापाको दमकमा जागरण सभा गर्ने भएको छ । दमकको पशुहाटमा दिउँसो साढे १२ बजे सुरु हुने सभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले कोशी प्रदेश स्तरीय जागरणसभा आयोजना गरेको हो ।

सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरू दमक आउने क्रम जारी रहेको छ ।

एमालेका अनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरू रतुवा पुल पारी रोकेर नारा जुलुस सहित सहभागीहरू पशुहाटस्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् ।

यसैगरी पश्चिमतिरबाट आउने सहभागीहरू पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुस सहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् ।

जागरण सभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १० : २८ बजे

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा