ललितकला मेला हुँदै « Khabarhub

ललितकला मेला हुँदै


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नववर्ष २०८२ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १६औँ स्थापना दिवसका अवसरमा आगामी मङ्गलबारदेखि ललितकला मेला हुने भएको छ।

ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर आयोजना हुने मेला वैशाख ६ गतेसम्म जारी रहने नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए ।

मेलाका माध्यमबाट कलाकार, समालोचक, अध्येता, बुद्धिजीवी तथा अनुसन्धाताको योगदानको कदर गर्ने प्रयत्न भएको उनले बताए ।

प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले मेलाको तयारी प्रायः पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, “हामीले यस मेलामा ललितकलाका सबै विधालाई समेट्ने प्रयास गरेका छौँ ।”

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १२ : २६ बजे

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य