बौद्धको तेमाल जात्रा : बालाजु बाइस धारामा स्नान गरिँदै « Khabarhub

बौद्धको तेमाल जात्रा : बालाजु बाइस धारामा स्नान गरिँदै


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बौद्ध धर्मावलम्बी तामाङ समुदायले आज तेमाल जात्रा मनाउँदैछन् । पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य परिसरमा शुक्रबार रातभर बत्ती बालेका धर्मावलम्बी स्नान गर्न बालाजु बाइस धारातर्फ प्रस्थान गरेका छन् ।

बालाजु बाइस धारामा स्नान गर्न भक्तजन बिहानैदेखि प्रस्थान गरेका काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाअध्यक्ष भुवन लामाले जानकारी दिए ।

चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्ने प्रचलन छ ।

तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिइ बौद्धमा आएर मेला लाग्ने परम्पराको थालनी भएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वध्यक्ष राजकुमार लामा बताउँछन् ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन स्तूपमा बत्ती बालेमा पितृले मुक्ति पाउने धार्मिक विश्वास छ ।

जात्राका अवसरमा बौद्ध क्षेत्रमा तामाङ सेलो र तामाङ संस्कृति झल्कने वेशभूषा एवं र्‍याली आयोजना भएको थियो । शुक्रबारदेखि सुरु भएको बौद्धको तेमाल जात्रा शनिबार बालाजु २२ धारा, जामाचो र स्वयम्भू पुगेर स्नान, पूजा आराधनापछि सम्पन्न हुन्छ ।

जात्रामा काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ र मकवानपुरलगायत जिल्लाका तामाङ समुदायको सहभागिता थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १२ : ३९ बजे

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना