अमेरिका बसेको दर्ता प्रमाण छैन ? देश निकाला वा जेल सजाय दुवै हुनसक्छ « Khabarhub

अमेरिका बसेको दर्ता प्रमाण छैन ? देश निकाला वा जेल सजाय दुवै हुनसक्छ


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

वासिङटन डिसी– अमेरिकी सङ्घीय सरकारको एलियन दर्ता ऐनअन्तर्गत विदेशी नागरिकले बसाइ दर्ता गर्नुपर्ने नियम लागु भएको छ । यो नियमअन्तर्गत अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले सङ्घीय सरकारलाई जानकारी गराउनु पर्नेछ ।

एलियन दर्ता ऐनअन्तर्गत दर्ता नभएको खण्डमा विदेशी नागरिकलाई डिपोर्ट गर्ने वा जेल सजाय नै हुनसक्ने प्रावधान लागु भएको छ ।

ह्वाइटहाउसकी प्रेस सेक्रेटरी क्यारोलाइन लेबेटका अनुसार अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकले सङ्घीय सरकारमा दर्ता गर्नुपर्ने नियम लागु भएको जानकारी दिइन् । उनका अनुसार जरिवाना, जेल वा दुवै सजाय हुन सक्ने छ ।

‘‘राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैं यदि तपाईंले दर्ता गर्नुभएन भने तपाईंलाई पक्राउ गरिनेछ, जरिवाना गरिनेछ, देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नु हुने छैन।’ क्यारोलाइनले भनेकी छन् ।

उनका अनुसार अमेरिकी गृह सुरक्षा विभागले गत अप्रिल ११ मा प्रेस विज्ञप्ति जारी गर्दै सबै विदेशी नागरिकलाई यस ऐनअन्तर्गत दर्ता गर्न आदेश दिइएको छ ।

जसअनुसार प्रिल ११, २०२५ सम्म ३० दिन वा सोभन्दा बढी समयदेखि दर्ताको प्रमाण बिना अमेरिकामा उपस्थित रहेका विदेशी नागरिकहरूलाई अप्रिल ११ बाट तुरुन्तै दर्ता गर्न भनिएको छ भने अप्रिल ११, २०२५ मा वा त्यसपछि अमेरिका आउने विदेशी नागरिकहरूलाई उनीहरूको आगमनको ३० दिनभित्र दर्ता गर्न भनिएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : ३० बजे

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म