गणतन्त्र विरोधी कारबाहीको भागीदार हुनेछन् : मुख्यमन्त्री पाण्डे | Khabarhub Khabarhub

गणतन्त्र विरोधी कारबाहीको भागीदार हुनेछन् : मुख्यमन्त्री पाण्डे


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध जानेलाई कारबाही गरिने चेतावनी दिएका हुन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरुप स्थापना भएको भन्दै उनले त्यसविरुद्ध जाने जोकोही सजायको भागीदार हुने बताए ।

व्यास नगरपालिकाको शनिबार दमौलीमा आयोजित ३३औँ स्थापना दिवस कार्यक्रममा मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताए ।

उनले तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव भएको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १ : ४७ बजे

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच