महायज्ञबाट ८० लाख सङ्कलन « Khabarhub

महायज्ञबाट ८० लाख सङ्कलन


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- चाँगुनारायण नगरपालिका–३ झौखेलेको एक टहरामा आश्रित ४८ असाह्य, बेवारिसे र सडकमा भेटिने बेसाहारा मानवका लागि खाना, नाना तथा छानाको स्थायी व्यवस्थापनका लागि मानवकल्याण धाम निर्माणार्थ महायज्ञमा रु ८० लाख ४३ हजार ७१६ सङ्कलन भएको छ ।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा मानवकल्याण समाजले यही चैत २१ गते सुरु गरी २७ गते सम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८१ मा भएको रु २५ लाख १८ हजार ७५५ खर्च कटाएर कूल रु ५५ लाख २५ हजार १६ बचत गरेको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष नरेश रञ्जितले जानकारी दिए । सङ्कलित रकमलाई जग्गाको व्यवस्थापन नभएसम्मका लागि समितिले बैंकमा बचत खातामा जमा गर्ने र जग्गाको व्यवस्था भएलगत्तै भवन निर्माण सुरु गरिने उनले जानकारी दिए ।

महायज्ञ मूल आयोजक समितिका संयोजक गोपीकृष्ण न्यौपानेले महायज्ञमा दाताहरुको भौतिक उपस्थितमा नगद, बैक ट्रान्सफर र क्युआरमार्फत दान प्राप्त भएको जानकारी दिए । महायज्ञबाट सङ्कलित रकम मानवकल्याण समाजको भवन निर्माणमा खर्च गरिने जानकारी दिँदै उनले भवन निर्माणमा पनि बाँकी रहेको रकम अक्षयकोष निर्माण गरी राखिने बताए ।

भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरेलगत्तै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले भवन निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाले सहज हुने विश्वास रहेको बताए । महायज्ञकी कथावाचिका एवं समाजकी संस्थापक अध्यक्ष सुमी मानवले पत्रकारसमक्ष हातमा एक झोला नगद र खामबन्दी एक मुठो रकम महायत्र मूल आयोजक समितिलाई हस्तान्तरण गरिन् ।

उनले भनिन्, “मैले कथा वाचन गरिरहँदा भक्तजनले भागवत पुस्तकमा चढाएर जम्मा भएको रु ७६ हजार छ, आयोजक समितिले दक्षिणास्वरुप मलाई दिनुभएको यो रकम मैले खाम खोलेर हेरेको छैन, म यो दक्षिणा पनि लिन्न, यो रकम त्यही कोषमा राखिदिन म महायज्ञ मूल आयोजक समितिलाई हस्तान्तरण गर्छु ।”

समितिका कोषाध्यक्ष रञ्जितले कथावाचिका समेत रहेकी मानवलाई दक्षिणास्वरुप रु एक लाख एक हजार दिएकामा उनले उक्त रकम पनि नलिने र पुस्तकमा चढाएका रकम उनको आफ्नै भए पनि सो रकमसमेत कोषका लागि हस्तान्तरण गरेर धाम निर्माणका लागि थप योगदान गरेको बताइन् ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  २ : १० बजे

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना