भोजपुरको पौवादुङ्मामा कृषि एम्बुलेन्स सञ्चालन « Khabarhub

भोजपुरको पौवादुङ्मामा कृषि एम्बुलेन्स सञ्चालन


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर – किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

उत्पादित वस्तुलाई सहजरुपमा बाहिरी जिल्लाका बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्सले सहयोग पुर्‍याउने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

‘गाउँपालिकाले कृषिमा जोड दिएको छ’, अध्यक्ष राईले भने, ‘किसानले व्यावसायिक रुपमा विभिन्न नगदेबालीको खेती गरिरहेका छन्, गाउँपालिकाभित्र उत्पादन भएका सम्पूर्ण कृषि उपजको सहज बजारीकरणका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएका हौँ ।’

गाउँपालिकाले किवी, अकबरे खुर्सानीलगायत अन्य विभिन्न नगदेबालीको खेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।

धेरै किसान व्यावसायिक रुपमा कृषिमा लागेकाले यहाँ उत्पादन भएका वस्तुको बजारीकरणमा टेवा पुर्‍याउने लक्ष्यले गाउँपालिकाले आफ्नै कृषि एम्बुलेन्स सञ्चालन ल्याएको उनको भनाइ छ ।

व्यावसायिक रुपमा कृषिमा लागेका किसानलाई थप प्रोत्साहन गर्न ७०० बढी किसानलाई कृषि सामग्री वितरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  २ : ४२ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार