प्रधानमन्त्रीले भने– देशमा युवा निराश हुनुपर्ने अवस्था छैन « Khabarhub

प्रधानमन्त्रीले भने– देशमा युवा निराश हुनुपर्ने अवस्था छैन


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा युवा निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले युवालाई उद्यमशीलता सिक्न आह्वान गरे ।
सरकारले नयाँ वातावरण निर्माण गरेर युवालाई स्वरोजगार बनाउने बताए ।

नेकपा एमालेको जागरण सभालाई झापाको दमकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो देशमा किन बस्ने भनेर दुष्प्रोत्साहित गर्ने तत्व सक्रिय रहेको बताएका छन् । ‘त्यस प्रवृत्तिबाट जोगिएर यही बस्ने वातावरण सिर्जना गरेर युवालाई यहीं राख्ने वातावरण तयार गर्ने बताए ।
‘उद्यमशीलताको विकास गर्ने आजको नारा हो । उद्यमशीलता सिक्नुस्, एउटाले अर्कोबाट सिक्नुस्, तालिम कक्षाहरु सञ्चालन गर्न स्थानीय सरकार, प्रदेश सरकार लागि पर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले जहाँ जनता छन् त्यहाँदेखि अभियान उठाएर लानु एमाले कार्यकर्तालाई निर्देशन दिए । उनले वैशाख ११ गते काठमाडौंमा युवा महोत्सव गर्ने बताए । उनले जनवर्गीय संगठनलाई आग्रह गर्दै ४० वर्ष मुनिका युवालाई विजय दिवस मनाउन अपिल गरे । ‘राजाले विघटन गरेको संसद जनताले पुनःस्थापित गरेको दिन हो । त्यसलाई विजयोत्सवका रुपमा मनाऔं । सहजीकरणका लागि पार्टीलाई आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ३ : ३५ बजे

सरकार छाडेका महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले

प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर

एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी

‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी

काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया

उम्मेदवारी दर्ता हुँदै गर्दा गगनविरुद्ध देउवाको रिटमा सर्वोच्चले सुनुवाइ अघि बढायो

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध