‘राजा फर्काउँछु भन्नेलाई होइन पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो’ « Khabarhub

‘राजा फर्काउँछु भन्नेलाई होइन पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो’


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजा फर्काउँछु भन्नेहरूलाई मन्त्री, प्रधानमन्त्री बनाउनुभन्दा पशुपतिका बाँदरलाई बनाउँदा राम्रो हुने टिप्पणी गरेका छन् ।

नेकपा एमाले कोशी प्रदेशले झापाको दमकमा आयोजना गरेको जागरण सभामा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ लैजान तमासा भइरहेको बताए । उनले ढुङ्गा हान्न जानेकाले देश चलाउँछु भनेर उधुम मच्चाएको टिप्पणी गरे ।

‘ड्राइभिङ नजानेकाले राम्रोसँग गाडी चलाउँछु भनिरहेका छन् ।’ प्रधानमन्त्री ओलीले भने, ‘दुईचार मान्छेले राजा फर्काउँछौं भन्दै हिँडेका छन् । गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन् ।’

प्रधानमन्त्री ओलीले राजा ल्याउँछौं भन्नेले रक्सी चोर्दै, भाग्दै हिँडेको बताए । देशमा सुशासन र विकास भइरहेको समेत प्रधानमन्त्री ओलीको दाबी थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ३ : ४८ बजे

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा