अमेरिकी करले गरिब राष्ट्रलाई गम्भीर क्षति पुर्‍याउने चीनको भनाइ « Khabarhub

अमेरिकी करले गरिब राष्ट्रलाई गम्भीर क्षति पुर्‍याउने चीनको भनाइ


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले विश्व व्यापार सङ्गठन (डब्लूटीओ) का प्रमुखलाई अमेरिकी करवृद्धिले गरिब राष्ट्रलाई ‘गम्भीर क्षति’ पुर्‍याउने बताएका छन् ।

वासिङ्टन र बेइजिङले यो महिना एक आपसमा अतिरिक्त कर लगाउने घोषणा गरिरहेका छन् । यसै शिलशिलामा अहिलेसम्म अमेरिकाले चिनियाँ सामानको आयातमा १४५ प्रतिशत अतिरिक्त कर लगाएको छ भने बदलामा चीनले अमेरिकी सामानको आयातमा १२५ प्रतिशत कर लगाएको छ । यसले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार युद्ध चर्किने डर बढाएको छ जसको प्रत्यक्ष असर विश्वको शेयर बजारमा परेको र यसले शेयर कारोबारलाई अस्तव्यस्त बनाएको छ ।

अर्थशास्त्रीहरूले अमेरिका र चिनियाँ अर्थतन्त्रबीचको व्यापारमा आएको अवरोधले उपभोक्ताका लागि मूल्य वृद्धि हुने र यसले विश्वव्यापी मन्दी निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

“अमेरिकी कर नीतिका कारण आउने नतिजाले विशेष गरी अल्पविकसित देशहरूलाई गम्भीर क्षति पु¥याउनेछ र मानवीय सङ्कट समेत निम्त्याउन सक्छ,” वाङले शुक्रबार डब्ल्यूटीओका प्रमुख नगोजी ओकोन्जो–इवेलासँग भने ।

“संयुक्त राज्य अमेरिकाले निरन्तर कर वृद्धिको बाटोलाई पछ्याएको छ जसले विश्वमा ठूलो अनिश्चितता र अस्थिरता ल्याएको छ । यसले अन्तर्राष्ट्रिय अराजकता निम्त्याएको र अमेरिकाभित्र पनि अन्योल निम्त्याएको छ,” वाङले भने ।

बेइजिङले शुक्रबार अमेरिकी सामानमा लगाएको १२५ प्रतिशत कर शनिबारदेखि लागू हुने बताएको छ, जुन वासिङ्टनले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा लगाएको १४५ प्रतिशत करसँग मिल्दोजुल्दो छ ।

तर चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करलाई बेवास्ता गर्ने सङ्केत गरेको छ । बेइजिङले भनेको छ, “अत्यधिक कर वृद्धिपछि आयातकर्ताहरूले अमेरिकामा चिनियाँ सामान खरिद गर्नुको अब आर्थिक अर्थ रहँदैन ।”

चीनले विश्व व्यापार सङ्गठनमा मुद्दा दायर गर्ने बताएको छ र ट्रम्पको गलत कर नीतिलाई ‘मजाक’ र ‘सङ्ख्याको खेल’ को संज्ञा दिएको छ ।

बेइजिङको प्रतिशोधले बजारमा नयाँ उतारचढाव निम्त्याएको, स्टकमा गिरावट आएको, सुनको मूल्यमा वृद्धि भएको र अमेरिकी सरकारी ऋणपत्रहरू दबाबमा परेको बताइएको छ ।

बेइजिङको भन्सार तथ्याङ्कअनुसार गत वर्ष संयुक्त राज्य अमेरिकालाई चिनियाँ सामानको बिक्री ५०० अर्ब डलरभन्दा बढी थियो, जुन देशको निर्यातको १६.४ प्रतिशत हो ।

ट्रम्पले चीनबाट नयाँ वृद्धि भए पनि आफ्नो कर नीतिले ‘वास्तवमै राम्रो काम गरिरहेको’ बताउनुभएको छ ।

यसै साताको सुरुमा घोषणा गरिएको अमेरिकी कर वृद्धिका कारण विश्व बजारमा खर्बौँ डलर घाटामा गएपछि राष्ट्रपति ट्रम्पले तीन महिनाका लागि धेरै व्यापार साझेदारहरूमाथिको दण्डात्मक कर स्थगित गरेका छन् ।

ह्वाइट हाउसले ट्रम्प बेइजिङसँगको सम्झौताप्रति ‘आशावादी’ रहेको र अन्य १५ देशले ९० दिनको कर कटौतीका क्रममा प्रस्ताव ‘टेबलमा’ ल्याएको जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : १५ बजे

‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’

एजेन्सी– गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको

सातापछि जीवितै भेटिएका आरोही दावा काठमाडौं ल्याइए

काठमाडौं– सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक

अफगानिस्तानमा बारुती सुरुङ विस्फोट : दुई बालबालिकाको मृत्यु

काबुल– अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतका द्वन्द्वका क्रममा जमिनमा छाडिएका

‘साहित्यले मानव सरोकारलाई स्थानीय वास्तविकतासँग जोड्न प्रयास गरेको छ’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली साहित्यले विश्वव्यापी

उत्तर कोरियाको आणविक दौड तीव्र, नयाँ युरेनियम संवर्धन केन्द्र सार्वजनिक

काठमाडौं– उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई थप तीव्र बनाउने