समाजवादी प्रेस सङ्गठनद्वारा स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग « Khabarhub

समाजवादी प्रेस सङ्गठनद्वारा स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी प्रेस सङ्गठन नेपालले तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा परिवारलाई भेट्न गएको प्रतिनिधिमण्डलले आज उक्त रकम रजकी श्रीमतीलाई हस्तान्तरण गरेको हो । यही चैत १५ गते त्यस क्षेत्रमा भएका आन्दोलनको समाचार सङ्कलनका क्रममा आगजनीमा परी उनको निधन भएको थियो ।

त्यसक्रममा अध्यक्ष श्रेष्ठले रजकको रहस्यमय मृत्युको अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गर्दै रजकलाई सहिद घोषणा गरिनुपर्ने बताए । “भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको हत्या गरिएको छ । यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै मानवअधिकारमाथिको हमलाको निर्लज्ज उदाहरण हो । रहस्यमय हत्याको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गर्नपर्छ”, उनले भने ।

पीडित परिवारलाई थप क्षतिपूर्ति दिन सरकारलाई आग्रह गर्दै अध्यक्ष श्रेष्ठले राज्य र आन्दोलनकारी दुवैको निशानामा पत्रकार पर्दै आएकामा चिन्ता व्यक्त गरे

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : ०५ बजे

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी

सरकार छाडेका महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले

प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर

एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी

‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी

काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया