आइएसएसआरको अध्यक्षमा शंकरदास बैरागी | Khabarhub Khabarhub

आइएसएसआरको अध्यक्षमा शंकरदास बैरागी


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमुख्यसचिव शंकरदास बैरागी इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) को अध्यक्ष नियुक्त भएका छन् ।

आर्थिक, सामाजिक क्षेत्रमा नीतिगत अनुसन्धानमा क्रियाशील आइएसएसआरको नेतृत्व यसअघि प्राध्यापक एवं अर्थशास्त्री विश्वम्भर प्याकुरेलले सम्हाल्दै आएका थिए ।

पूर्वमुख्यसचिव बैरागीले नयाँ जिम्मेवारी सम्हालेसँगै शुक्रबार दरबारमार्गस्थित आइएसएसआरको केन्द्रीय कार्यालयमा स्वागत कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पूर्वसचिवहरु मधु मसासिनी, केवल भण्डारी लगायतको उपस्थिति थियो । स्वागत समारोहमा व्यवसायिक क्षेत्रका विज्ञहरुको पनि उपस्थिति रहेको थियो ।

पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा अध्यक्ष बैरागीलाई सहभागीहरुले स्वागत तथा बधाई ज्ञापन गरे ।

कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बैरागीलाई नयाँ जिम्मेवारी स्वीकार गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे । बैरागीको नेतृत्वमा अब आइएसएसआरले अनुसन्धानका नयाँ क्षेत्रहरुमा काम गर्ने विश्वाससमेत व्यक्त गरे ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘आइएसएसआरले गति लेओस् । यसले अनुसन्धानका थप क्षेत्रमा हात हाल्न सकोस् । स्रोत साधन जुटाएर संस्था अगाडि बढोस् । आइएसएसआरले थप शक्ति जुटाउन सकोस् ।’

कार्यक्रममा आइएसएसआरका निर्देशक नरेश श्रेष्ठले बैरागीको नेतृत्वमा अब संस्थाले थप उचाइ लिने बताए ।

सरकारी सेवामा अवकाश पाएर एनजीओ अथवा निजी क्षेत्रमा लाग्ने प्रचलन कमै रहेको भएता पनि यसलाई वौद्धिक स्वतन्त्रताका रुपमा लिइनुपर्ने नवनियुक्त अध्यक्ष बैरागीले बताए ।

नेपाल सरकारको मुख्यसचिवपछि राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका निभाइसकेका बैरागीले भने, ‘अवकाश पाएको दुई वर्ष भयो । झण्डै ३५/३६ वर्षको सरकारी सेवामा रहेर सरकारलाई त सहयोग गरियो गरियो, अब त्यहाँ प्राप्त गरेको अनुभवका आधारमा देश र जनताको सेवा गर्न सकिन्छ भन्ने लाग्छ ।’

त्रिभुवन विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्बन्धको फ्याल्टी मेम्बरका रुपमा सोत काम गरिरहेका बैरागीले आइएसएसआर पनि अनुसन्धानसँग सम्बन्धित संस्था भएकाले दुबै क्षेत्र अन्तरसम्बन्धित रहेको बताए ।

सरकारी सेवाबाट अवकाश पाइसकेपछि आफ्नो भूमिका बदलिएको बताउँदै बैरागीले भने, ‘हिजो नेपाल सरकारको मुख्यसचिवका रुपमा पब्लिक पोलिसी निर्माण प्रक्रिलालाई योगदान गर्ने कुनै न कुनै भूमिका खेल्ने ठाउँमा थिएँ । यता आएर फराकिलो रुपमा सार्वजनिक नीतिसम्बन्धी ओपिनियन बनाउने ठाउँमा आइपुगेको छु । भूमिका परिवर्तन भएको छ ।’

उनले अगाडि थपे, ‘यो इन्टलएक्चुअल लिबर्टी (वौद्धिक स्वतन्त्रता) हो । यसबाट आफूलाई पनि केही सन्तुष्टि हुन्छ कि जस्तो लागिरहेको छ ।’

रिसर्चसम्बन्धी संस्थामा अध्यक्षको भूमिका प्रदान गरेकोमा आइएसएसआरलाई धन्यवाद दिँदै अध्यक्ष बैरागीले संस्थाबाट देश र जनताको हितमा काम गर्न सबैको सहयोगको अपेक्षासमेत गरे ।

कार्यक्रमा उपस्थित उद्योगी व्यवसायी राजेशकाजी श्रेष्ठ र कमलेस अग्रवालले पनि बैरागीलाई बधाई ज्ञापन गरे ।

‘निजी क्षेत्रमा काम गर्नका लागि ६० वर्ष कटेपछि नै परिपक्व मानिन्छ । जिम्मेवारी ६० वर्षपछि नै दिइन्छ,’ कार्यक्रममा बोल्दै अग्रवालले भने, ‘आइएसएसआरले नेतृत्वमा एकदमै महत्वपूर्ण व्यक्ति पाएको छ । निजी क्षेत्रबाट आइएसएसआरबाट पूर्ण रुपमा सहयोग रहनेछ ।’

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्कीले मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट बैरागीलाई बधाइ ज्ञापन गरिन् । साथै उनले आविष्कारको क्षेत्रमा प्रदेश सरकारले बजेट छुट्याएको समेत जानकारी दिइन् ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १० : ५३ बजे

उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र

हुलाकी सडकले सुगम बन्यो बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारि अवस्थित नरैनापुर गाउँपालिका

खोटाङमा आजदेखि खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु

खोटाङ– नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

बागलुङ-  एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र

नाकथोप्ली ‘ङ’ को कन्तबिजोग !

मासगेडी ‘ङ’ अर्थात् नाकथोप्ली ‘ङ’ के हो ? शब्दकोशअनुसार हेरौँ