हमासले अमेरिकी–इजरायली नागरिक अलेक्जेन्डरलाई रिहा गर्दै « Khabarhub

हमासले अमेरिकी–इजरायली नागरिक अलेक्जेन्डरलाई रिहा गर्दै


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हमासले इजरायली-अमेरिकन बन्दी एडज अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ ।

गाजाले बन्दी बनाएका मध्ये उनी अन्तिम जीवित इजरायली अमेरिकी भएको अनुमान गरिएको छ । मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हुन लागेको मध्यपूर्व भ्रमणको पूर्व सन्ध्यामा उनको रिहाइ हुने भएको हो ।

७० दिनदेखि इजरायली अवरोधका कारण मानवीय सहयोग रोकिएको गाजामा उक्त अवरोध खुला गर्ने इजरायलले जनाएको छ ।

यसअघि कतारमा हमासका प्रतिनिधिले अमेरिकी प्रशासनसँग सिधै वार्ता गर्ने जनाएको थियो । हमासले अलेक्जेन्डरलाई रिहाइ गर्न लागेको अमेरिका मार्फत थाहा पाएको समेत इजरायलले बताएको छ ।

अलेक्जेन्डरको रिहाइ गर्नुअघि हमासले मध्यस्थता गर्नेहरूसँग वार्ता गर्ने भएको छ । अलेक्जेन्डरको रिहाइको समयमा आक्रमण नहोस् भन्नका खातिर उनीहरूले सोमबार सुरुवातमा नै वार्ता अघि बढाउन लागेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई सकारात्मक सङ्केतको रूपमा लिँदै विश्वासको वातावरण बन्न सक्ने सम्भावना व्यक्त गरेका छन् । उनले नै सामाजिक सञ्जाल मार्फत नै यस कुराको पुष्टि गरेका छन् ।

तेल अभिभमा जन्मिएर अमेरिकाको न्यु जर्सीमा हुर्किएका २१ वर्षीय अलेक्जेन्डर ७ अक्टोबर २०२३ मा अपहरणमा परेका थिए । उक्त दिन २५१ जना बन्दी बनाइएका मध्ये ५९ जना अझै रिहा भएका छैनन् । यी मध्य २४ जना जीवित रहेको अनुमान छ । 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : ०२ बजे

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय