सजिवनको सुप खाँदाका फाइदा के-के छन् ? « Khabarhub

सजिवनको सुप खाँदाका फाइदा के-के छन् ?


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सजिवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसमा प्राकृतिक पोषकतत्व प्रशस्त पाइन्छ । सजिवनलाई मोरिङ्गासमेत भन्ने गरिन्छ ।

सजिवन सामान्यतया तरकारीको रूपमा खाने गरिन्छ । तर तपाईँले यसको सुप बनाएर पिउनु भयो भने यसले अद्भूत स्वास्थ्य लाभहरू प्रदान गराउनका साथै रोग लाग्नबाट बचाउन समेत मद्दत गर्दछ ।

मेडिकल न्यूज टुडेको रिपोर्ट अनुसार सजिवन पोषक तत्वले भरिपूर्ण तरकारी हो । यसमा भिटामिन ‘सी’, भिटामिन ‘ए’, भिटामिन ‘ई’, क्याल्सियम, आइरन, पोटासियम, म्याग्नेसियम र फाइबर प्रशस्त मात्रामा पाइन्छ ।

यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई फ्री रेडिकलबाट बचाउँछ भने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । सजिवनमा राम्रो मात्रामा प्रोटिन पनि पाइन्छ, जुन हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण पोषक तत्व हो ।

सजिवनका फाइदा
– सजिवन अर्थात सजिवनमा राम्रो मात्रामा क्याल्सियम हुन्छ । यसको सुप सेवन गर्नाले हड्डीलाई मजबुत बनाउँछ । क्याल्सियमले राम्रो हड्डीको घनत्व कायम राख्छ र ओस्टियोपोरोसिस जस्ता हड्डी सम्बन्धित रोगहरूको जोखिम कम गर्छ । यसको सुप पिउनाले हड्डी कमजोर हुने र जोर्नी दुख्ने समस्याबाट राहत मिल्छ ।

– सजिवनको सुप रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन धेरै प्रभावकारी हुन सक्छ। सजिवनमा भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । भिटामिन सीले शरीरलाई सङ्क्रमण र रोगसँग लड्न मद्दत गर्छ जबकी एन्टिअक्सिडेन्टले कोशिकाहरूलाई फ्री रेडिकलबाट हुने क्षतिबाट जोगाउँछ । 

– सजिवनमा राम्रो मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । फाइबरले आन्द्रा सफा राख्न मद्दत गर्छ र कब्जियतको समस्याबाट राहत दिन्छ । यसले खानेकुराको पाचन सुधार गर्छ । साथै, अपच र एसिडिटीजस्ता पेटसम्बन्धी विकारहरूलाई कम गर्छ । नियमित रूपमा सजिवनको सुप पिउनाले पाचन प्रणालीलाई बलियो बनाउँछ ।

– सजिवनको सुप कलेजोका लागि निकै फाइदाजनक मानिन्छ । सजिवनले कलेजोलाई हानिकारक विषाक्त पदार्थहरूबाट बचाउन मद्दत गर्छ र कलेजोको कार्यप्रणालीमा सुधार गर्छ । यसमा पाइने क्याल्सियम, आइरन र भिटामिन ‘सी’ जस्ता पोषक तत्वले बालबालिका र किशोरकिशोरीको विकासका लागि फाइदाजनक हुन्छ । यी पोषक तत्वहरूले शरीरको सामान्य विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।

– सजिवन सूप मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ । यसमा पाइने फाइबर र एन्टिअक्सिडेन्टले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसले इन्सुलिन संवेदनशीलता सुधार गर्छ र रगतमा चिनीको अचानक वृद्दी कम गर्छ । यस बाहेक यो सुप श्वासप्रश्वासको समस्याबाट छुटकारा दिन पनि प्रभावकारी साबित हुन सक्छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १२ : ४६ बजे

ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन

काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन