दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन फेरि अदालतमा उपस्थित « Khabarhub

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन फेरि अदालतमा उपस्थित


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले आफ्नो फौजदारी मुद्दाको अर्को सुनुवाइका लागि सोमबार अदालतमा उपस्थित भएका छन् । 

गत डिसेम्बर ३ मा संसद्मा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई ध्वस्त पार्ने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोगपछि निलम्बित युनलाई गत महिना औपचारिक रूपमा पदबाट हटाइएको थियो ।

उनी दक्षिण कोरियाको इतिहासमा पदमा रहेकै समय पक्राउ पर्ने पहिलो राष्ट्रप्रमुख बनेका थिए । यद्यपि, पछि उनलाई प्रक्रियागत आधारमा रिहा गरिएको थियो।

युनलाई सियोलको अदालतले सुनुवाइमा उपस्थित हुन आदेश दिएको थियो र भूमिगत पार्किङ स्थलबाट प्रवेश गर्ने उनको अधिकार खोसिएको थियो। यसको अर्थ उनले पहिलो पटक मिडिया स्क्रम व्यवस्था भएको थियो । 

सुट र रातो टाईमा सजिएका युन अदालतमा उपस्थित हुँदा पत्रकारको कुनै पनि प्रश्नको जवाफ नदिई अगाडि बढेका थिए । यसअघिका सुनुवाइमा पूर्व राष्ट्रपतिले ९० मिनेटभन्दा बढी बोलेका थिए र आफूले विद्रोह गरेको कुरा अस्वीकार गरेका थिए । 
 
सन् १९७९ मा भएको ‘कू’ मा दुई जना सैन्य नेतापछि विद्रोहको लागि दोषी ठहरिने युन दक्षिण कोरियाका तेस्रो राष्ट्रपति हुनेछन् ।
 
विद्रोहको अभियोगमा युनलाई आजीवन कारावास वा अधिकतम सजाय वा मृत्युदण्डको सजाय हुन सक्छ। दक्षिण कोरियामा सन् १९९७ देखि मृत्युदण्डमा अनौपचारिक रोक लगाइएको छ त्यसैले उनलाई मृत्युदण्डको सजाय हुने सम्भावना कम छ । 
 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १ : ५९ बजे

नगद कारोबारको सीमा बढाउन चन्द्र ढकालको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम

भोजपुरको चुनावी हिसाबकिताब : ठूला दललाई नयाँको त्रास

भोजपुर- भोजपुरमा अब चुनावी भाषणले मात्रै चुनाव जित्ने अवस्था बाँकी

दल र उम्मेदवारका ‘एजेन्डा’मा मतदाताको चासो

काठमाडौं– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा