यूक्रेन-अमेरिका-रूस त्रिपक्षीय वार्ता, शान्ति प्रक्रियामा आशा बढ्यो « Khabarhub

यूक्रेन-अमेरिका-रूस त्रिपक्षीय वार्ता, शान्ति प्रक्रियामा आशा बढ्यो


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– यूक्रेन, अमेरिका र रूसबीच भएको त्रिपक्षीय वार्ताले रूस–यूक्रेन युद्ध अन्त्यतर्फ नयाँ सम्भावना खोलिएको छ। यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार अमेरिकाबाट प्रस्ताव गरिएको यूक्रेनको सुरक्षा ग्यारेन्टीसम्बन्धी दस्तावेज पूर्ण रूपमा तयार भइसकेको जानकारी दिएका छन्।

दुई दिनसम्म चलेको वार्तापछि तयार भएको उक्त दस्तावेजमा तीनै देशका उच्चस्तरीय राजनीतिक तथा सैन्य प्रतिनिधिहरू सहभागी थिए। राष्ट्रपति जेलेन्स्कीका अनुसार अब दस्तावेजमा हस्ताक्षरको मिति तय हुन बाँकी छ। हस्ताक्षरपछि यसलाई अमेरिकी कङ्ग्रेस र यूक्रेनी संसदबाट अनुमोदन गरिनेछ।

जेलेन्स्कीले यूक्रेन सन् २०२७ सम्म युरोपेली सङ्घको सदस्य बन्ने लक्ष्यमा अघि बढिरहेको उल्लेख गर्दै यसलाई देशको ‘आर्थिक सुरक्षा ग्यारेन्टी’को महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गरे। वार्ता युएईको राजधानी अबु धाबीमा सम्पन्न भएको थियो।

वार्ताका क्रममा रूस र यूक्रेनबीचका आधारभूत मतभेद यथावत् रहेको पनि उनले स्वीकार गरे। यूक्रेनले आफ्नो क्षेत्रीय अखण्डताको सम्मान अनिवार्य शर्त भएको बताएको छ। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिमण्डलसँगको छलफलमा पूर्वी यूक्रेनका रूसले कब्जा गरेका क्षेत्रहरूबाट यूक्रेनी सेना फिर्ता हुनुपर्ने अडान दोहोर्याए।

अमेरिकी अधिकारीहरूका अनुसार वार्तामा सबै पक्षले सम्झौताका लागि लचकता देखाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ। सैन्य र आर्थिक विषयसँगै युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र ज़ापोरिज्जियाको व्यवस्थापन र निगरानीको सम्भावित ढाँचाबारे पनि छलफल भएको थियो, जुन हाल रूसको नियन्त्रणमा छ।

त्रिपक्षीय वार्ताको अर्को चरण फेब्रुअरी १ मा युएईमै हुने तय भएको छ। यस वार्ताले रूस–यूक्रेनबीच लामो समयदेखि जारी पूर्णस्तरीय युद्ध समाधानतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ४ : ५६ बजे

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ