बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु « Khabarhub

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

ढाका – आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ ।

ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगङ्ज जिल्लामा चार जना र शेरपुर, हबिगञ्ज तथा नाओगाँ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ ।

ढाकास्थित एक सरकारी अधिकारीले मृत्युको यकिन सङ्ख्याको तत्काल पुष्टि गर्न सकेनन् । बङ्गलादेशमा यस्तो समयमा चट्याङ लागेर मृत्यु हुनु सामान्य हो ।

यस वर्षको अप्रिल २४ मा पनि दुई घण्टाभित्र नौ जनाको चट्याङका कारण मृत्यु भएको थियो । विगत केही वर्षयता बङ्गलादेशमा चट्याङ लागेर हुने मृत्युको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ ।

विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बङ्गलादेश यस्ता प्राकृतिक विपत्तिहरूको लागि अझ बढी संवेदनशील बनेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै