धानको उचित मूल्य नपाउँदा किसान निराश | Khabarhub Khabarhub

धानको उचित मूल्य नपाउँदा किसान निराश


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन् ।

मध्यविन्दु नगरपालिका– २ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे पनि प्रतिक्विन्टल दुई हजार दुई सय रुपैयाँ मात्र पाउँदा खिन्न छन् । गतवर्ष तीन हजारभन्दा बढी मूल्यमा उनले एक क्विन्टल धान बेचेका थिए ।

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएको बताए । यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरूले घरमा नै धान थन्क्याएको उनको भनाइ छ ।

गैँडाकोटका किसान मानबहादुर थारूले दुई हजार दुई सय प्रतिक्विन्टलका दरले धान बेचेको बताए । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ ।

सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९  तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएको हुनसक्ने उनले बताए । यो वर्ष नवलपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपिएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ०१ बजे

आज तलेजु मन्दिर पूजाआजा गर्न सबैका लागि खुला हुने

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन

फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प : १९ जनाको मृत्यु

काठमाडौं – फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ

महानवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

काठमाडौं – आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज १५ गते बुधबार। आश्विन