धानको उचित मूल्य नपाउँदा किसान निराश « Khabarhub

धानको उचित मूल्य नपाउँदा किसान निराश


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन् ।

मध्यविन्दु नगरपालिका– २ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे पनि प्रतिक्विन्टल दुई हजार दुई सय रुपैयाँ मात्र पाउँदा खिन्न छन् । गतवर्ष तीन हजारभन्दा बढी मूल्यमा उनले एक क्विन्टल धान बेचेका थिए ।

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएको बताए । यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरूले घरमा नै धान थन्क्याएको उनको भनाइ छ ।

गैँडाकोटका किसान मानबहादुर थारूले दुई हजार दुई सय प्रतिक्विन्टलका दरले धान बेचेको बताए । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ ।

सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९  तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएको हुनसक्ने उनले बताए । यो वर्ष नवलपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपिएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ०१ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको