दूध र मह बिक्रीबाट मनग्य आम्दानी | Khabarhub Khabarhub

दूध र मह बिक्रीबाट मनग्य आम्दानी


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जसको कृषि कर्म साँच्चिकै लोभलाग्दो छ । आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडा पाडी, बारीमा व्यावसायिक घाँस खेती । यसैबाट गाउँमै सम्भावना खोजिरहेका छन्, रघुनाथ पौडेल ।

उमेरले ६२ वर्ष पुगेका पौडेल र उनका ३३ वर्षीय छोरा राजन पौडेल दिनभर गाईभैँसीको स्याहार र दूध व्यवस्थापनमा व्यस्त हुन्छन् । गाईभैँसीपालन, तिनको मलबाट व्यावसायिक घाँस खेती गर्दै आएका पौडेल परिवारसँग प्लास्टिक टर्नेलदेखि तोरी पेल्ने र कुटानी–पिसानी गर्ने मिलसमेत छ ।

बुवा र छोरा मिलेर पाँच वर्षयता भैँसीपालन मार्फत दूध र मह उत्पादन गर्दै आएका छन् । गाउँमा बसाइँसराइले बाँदर आतङ्क भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थालेको छ। परम्परागत कृषि कर्म गरेर छोराछोरीलाई हुर्काएका रघुनाथ भने छोराकै साथले कृषि र पशुपालन कर्मलाई व्यावसायिक बनाइ राखेका छन् ।

‘गाउँ रित्तियो, सम्पत्ति भएका त सहर बजार सरे, हामी बाउ छोरा यही गाउँमा केही गर्नुपर्छ भनेर लागेका छौँ’, बुबा रघुनाथले भने, ‘हाल ६ वटा मुर्रा भैँसी र तीन वटा गाईपालन गरेका छौँ । आँगनमा ३० वटा मौरीका घार छन्, दुई प्लास्टिक टनेल, १० रोपनी जग्गामा घाँस खेती र तेल पेल्ने र कुटानी–पिसानी गर्ने मिल छ । यीमध्ये मासिक एक लाख २० हजार त दूध बिक्रीबाटै कमाइन्छ।’ गाईभैँसी र पाडा पाडीका लागि आवश्यक अन्न कुट्न र पिस्नका लागि घरमै कुटानी–पिसानी मिल सञ्चालन गरिरहेको उनले सुनाए ।

पाँच वर्ष अघिसम्म चितवनमा जग्गा भाडामा लिएर माछा पालन गर्दै आएका ३३ वर्षीय छोरा राजनलाई गाउँका अन्य युवा जस्तै विदेश हिँड्न मन लागेको छैन, बरु गाउँमै व्यावसायिक कृषक बन्ने सोच आएको छ । बुबाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने सोचका साथ काममा खटिएको उनको भनाइ छ । ‘हाल दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउँदै आएका छौँ । छिस्ती पाडा पाडी तथा भैँसीपालन फार्म स्थापना गरेर कृषि र पशुपालन गर्दै आएका छौँ । यसले पाडापाठीको संरक्षण र आम्दानी दुवै भइहेको छ, यसैमा खुसी छु’, राजनले भने ।  हाल फार्ममा छ पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्कंदै गरेका छन् । यी सबै हुर्किए र उत्पादन सुरु भएमा थप व्यवसाय विकासमा योगदान पुग्ने उनको विश्वास छ ।

बाँदरको आतङ्कपछि स्थानीयले खेतमा बाली लगाउन छाडेका छन् । त्यसैले पौडेल बाउछोराले १० रोपनी जग्गामा व्यावसायिक बहु वर्षे घाँस खेती गर्दै आएका छन् । यसबाहेक वार्षिक डेढ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्दा रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको राजनले जानकारी दिए। (रासस)

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : २३ बजे

तीज गीतको ओइरो : नेतादेखि सञ्चारकर्मीसम्म छमछमी !

तीज महिलाको विशेष पर्व हो। व्रत बस्ने, मिठो खाने र

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत

प्रतिवादमा उत्रिँदै भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’ 

काठमाडौं– भारत सरकारले रूसबाट तेल आयातको विषयमा अमेरिकासहित पश्चिमी राष्ट्रहरूको

बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती

म्याग्दी– म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको