पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति « Khabarhub

पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पत्रकार दिलभूषण पाठकलाई जारी गरिएको पक्राउ पुर्जीप्रति आपत्ति प्रकट गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले समाचार सम्प्रेषण गरेकै भरमा वरिष्ठ सञ्चारकर्मी पाठकलाई पक्राउ पुर्जी जारी गर्नु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र कानूनी राज्यको मान्यता विपरीत रहेको जनाएका छन् । 

उनले सामान्य सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गर्नुले वर्तमान सरकारमा प्रतिशोधात्मक र सर्वसत्तावादी चरित्र छर्लङ्ग भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘समाचार सम्प्रेषण गरेकै भरमा वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी गर्नु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र कानूनी राज्यको मान्यता विपरीत हो ।सामान्य सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गर्नुले वर्तमान सरकारमा प्रतिशोधात्मक र सर्वसत्तावादी चरित्र रहेको देखिन्छ ।’

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ५९ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको