मुस्ताङको पेरिसडाँडामा माओवादीको कार्यालय शिलान्यास « Khabarhub

मुस्ताङको पेरिसडाँडामा माओवादीको कार्यालय शिलान्यास


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका- ४ भ्रप्सोस्थित पेरिसडाँडामा पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् । उनले बौद्ध परम्पराअनुसार कार्यालय भवनको शिलान्यास गरेका हुन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समितिका  ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार ६ कोठाको भवन निर्माण गर्न  वारागुङ मुक्तिक्षेत्र- २ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका हुन् ।

त्यस अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङको विकासका चाहनामा भरथेग गर्न सहज हुने धारणा राखे । साथै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ९ : ४७ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको