दोलखाका सुन व्यवसायी पसल बन्द गरेर आन्दोलनमा, विलासिता कर खारेजीको माग  | Khabarhub Khabarhub

दोलखाका सुन व्यवसायी पसल बन्द गरेर आन्दोलनमा, विलासिता कर खारेजीको माग 


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दोलखा– सरकारले नयाँ बजेटमा सुन कारोबारमा थप दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर तोकेपछि दोलखाका सुन व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

जिल्लाभर सञ्चालनमा रहेका करिब चार दर्जन सुनचाँदी पसल बिहीबार बिहानैदेखि बन्द गरिएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका सह-कोषाध्यक्ष दीपक धनुकले बताए ।

सुन व्यवसायीले बुधबार जिल्ला प्रशासन कार्यालयलाई कर हटाउनु पर्ने मागसहित ज्ञापनपत्र बुझाएर बिहीबारदेखि दबाब स्वरुप व्यवसाय बन्द गरेको उनको भनाइ छ ।

बिहानैदेखि पसल बन्द गरेर आन्दोलनमा रहेका मैनापोखरीका सुन व्यवसायी चक्र घतानीले राज्यले नेपाली सुन व्यवसायीको मर्म विपरीत छिमेकी राष्ट्र भारतमा हुने अवैध सुन कारोबारलाई प्रोत्साहन गर्न खोजेको बताए ।

छिमेकी देश भारतमा नेपाली बजारको भन्दा ८ हजार सस्तोमा पैठारी सुन कारोबार हुँदा नेपाली बजारमा सुन कारोबार हुन नसकेको समयमा सरकारले प्रष्ट नीति र नियमावली निर्माण गर्नुको साटो विलासिता कर वृद्धि गरेर सुनको कारोबार रोक्न खोजेको बताए ।

व्यवसायीहरूले तत्काल वृद्धि गर्ने भनिएको दुई प्रतिशत विलासिता कर, १३ प्रतिशत हिरा पत्थर कर फिर्ता लिन माग गर्दै सुनचाँदीको कारोबारका लागि सरकारले प्रष्ट नीति र नियमावलीको निर्माण गर्नुपर्ने सुनचाँदी व्यवसायी संघ जिल्ला शाखा दोलखाका अध्यक्ष अनिल रिजालले बताए ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १० : २५ बजे

शिक्षासहित संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार