दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी « Khabarhub

दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको नेपाल प्रहरीले अर्का पत्रकार नारायण अर्यालमाथि पनि निगरानी बढाएको छ ।

बिहीबार बिहानदेखि कुपन्डोलस्थित उनी बस्दै आएको घरमा सादा पोशाकका प्रहरी खटाइएको उनले बताएका छन् ।

सादा पोशाकका प्रहरी घर पुग्नुअगावै पत्रकार अर्याल बाहिरिसकेकाले पक्राउबाट जोगिएका छन् । उनले अहिले कुनै स्थानमा बसिरहेको खबरहबलाई जानकारी दिएका छन् ।

पत्रकार अर्यालले अर्का पत्रकार पाठकसँग जोडेर आफूलाई प्रहरीले खोजिरहेको प्रतिक्रिया दिएका छन् । उनले आफू पत्रकार पाठकसँग ‘अफिसियल्ली इन्भल्भ’ नरहेको पनि बताएका छन् ।

प्रहरीले यस अघिदेखि नै पत्रकार पाठकको खोजी गरिरहेको छ । साइबर ब्यूरोमा परेको जाहेरीका आधारमा पाठकविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

त्यही पुर्जी लिएर बुधबार उनलाई पक्राउ गर्न साइबर ब्यूरोको टोली धुम्बाराहीस्थित निवासमा पुगेको थियो । पाठकले तीन साताअघि कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका पुत्र जयवीर देउवाको लगानी हिल्टन होटलमा रहेको युट्युब भिडियो बनाएका थिए । त्यही भिडियोलाई लिएर पाठकविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १२ : २५ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र