गर्मीमा ‘लू’ बाट कसरी बच्ने, यी हुन् ६ उपाय « Khabarhub

गर्मीमा ‘लू’ बाट कसरी बच्ने, यी हुन् ६ उपाय


२९ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या हुन सक्छ । यस्तोमा गर्मी र लूबाट बच्न निकै सतर्कता अपनाउनु पर्दछ ।

नत्र यसले ज्यानसमेत लिन सक्ने चिकित्सकहरूको भनाइ छ । गर्मी मौसममा विषेशगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर पनि चिनिन्छ ।

अत्यधिक गर्मीका कारण शरीरबाट धेरै पसिना बग्दछ । जसकारण शरीरमा नुन र पानीको कमी हुन्छ । यसले शरीरको रगतमा तापमान वृद्धि गर्छ । शरीरमा पानीको मात्रा कमी हुनु नै लू लाग्नु हो ।

लुका लक्षणहरू

१. उच्च ज्वरो

२. चक्कर लाग्नु वा बेहोस हुनु

३. गम्भीर टाउको दुखाइ

४. छाला रातो र सुख्खा हुनु

५. मांसपेशी कमजोरी वा ऐंठन

६. सास फेर्न कठिनाइ

७. उल्टी वा वाकवाकी

लू लग्दा के गर्ने ?

जो कोहीलाई पनि लू लागेको थाहा पाउन साथ तत्काल अस्पताल नै जानु पर्छ । तर कतिपय अवस्थामा अस्पताल पुग्न सकिएन भने घरमा पनि केही प्राथमिक उपचार गर्न सकिन्छ ।

– लूको पहिलो उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । त्यसैले ‘लू’ लागेको मान्छेलाई तुरुन्त शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ ।

– बिरामीलाई तुरुन्तै प्याजको रसमा थोरै मह मिसाएर पिउन दिनु पर्छ ।

– दही लगायत मौसमी फलफूलहरू अंगुर, खरबुजा, काक्रो र मौसमको रस लू ग्रस्त बिरामीलाई पिउन दिनुपर्छ ।

– बिरामीको शरीरमा चिस्याउन चिसो पानी वा बर्फले बारम्बार पट्टी गर्ने ।

– पानीमा ग्लुकोज मिसाएर पिउने वा कागतीको सर्बत पिउने ।

– कुनै कपडालाई पानीमा भिजाएर बिरामीको जिउ पुछ्ने । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  १२ : ३७ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर