हिम स्टार ऊर्जाको आईपीओ शुक्रबारबाट निष्काशन हुने  « Khabarhub

हिम स्टार ऊर्जाको आईपीओ शुक्रबारबाट निष्काशन हुने 


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बासिन्दा, वैदेशीक र रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गर्ने भएको हो । 

कम्पनीलाई आईपीओ बिक्री गर्नेका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै कम्पनीले आईपीओ बिक्री गर्ने भएको हो । 

कम्पनीले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत, अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरका ११ लाख १९ हजार कित्ता आईपीओ बिक्री गर्ने भएको छ । जसमा ५ प्रतिशत  १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र लागि विक्री गर्ने छ । 

त्यस्तै, कम्पनीको जारी पुँजीको २५ प्रतिशत अर्थात् ९ करोड ३२ लाख ५० हजार बराबरको ९ लाख ३२ हजार ५०० कित्ता शेयरमध्ये ९३ हजार २५० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई वितरण गर्ने भएको छ । कम्पनीले १८ हजार ६५० कित्ता कर्मचारीहरूलाई र ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषका लागि बिक्री गर्ने भएको छ । 

कम्पनीले ७ लाख ७३ हजार ९७५ कित्ता शेयर भने सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीको हाल आज पुँजी ३७ करोड ३० लाख रुपैयाँ बराबरको छ । 

कम्पनीले बुकु कापटी खोला जलविद्युत ५ मेघावाटको आयोजना सञ्चालन गरेको छ । आईपीओमा गरेको लगानी ७.१४ वर्षमा फिर्ता हुने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १ : १२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले