शेरधनको तर्क- ओलीलाई विस्थापित गर्न पूर्वराष्ट्रपति आउने होइन, राजनीति गर्ने इच्छा देखाउनु भएको छैन « Khabarhub

शेरधनको तर्क- ओलीलाई विस्थापित गर्न पूर्वराष्ट्रपति आउने होइन, राजनीति गर्ने इच्छा देखाउनु भएको छैन


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने इच्छा अहिलेसम्म नदेखाएको दाबी गरेका छन् ।

एमाले कोशी प्रदेश इन्चार्ज राई अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारी दुवैसँग निकट सम्बन्ध राख्ने नेतामध्ये एक हुन् । एमालेको राजनीतिमा उचाइ लिन उनले दुवै नेतासँग समानान्तर सम्बन्ध बनाएका छन् । अझ भण्डारीसँग उनले माइती गाउँको भाइका रुपमा आफूलाई निकट बनाएका छन् ।

यस्तो अवस्थामा भण्डारी राजनीतिमा आउने भन्दै अनुमानका आधारमा समाचार लेखिएको जिकिरसहित उनले आपत्ति प्रकट गरे ।

राईले भण्डारी राजनीतिमा फर्किने भनेर लेखिएका समाचारले अन्योल सिर्जना गरेको जिकिर पनि गरे ।

राईले आफू भण्डारीकै जिल्लाबासी भएको दाबीसहित लामो समयसँगै राजनीति गरेकोले धेरै कुरामा संवाद भइरहने पनि बताए ।

आफूसँगको संवादमा भण्डारीले हालसम्म सक्रिय राजनीतिमा फर्किने आशय व्यक्त नगरेको राईले बताए ।

‘एमालेको स्थायी कमिटी सदस्य र उहाँसँग जिल्लावासीको नाताले, पार्टीमा लामो समयसँगै काम गर्दै आएको हिसाबले हामीबीच संवाद हुने गर्छ ’, राईले भने, ‘आजको मितिसम्म उहाँ सक्रिय राजनीतिमा फर्किने कुरा, अझ एमालेको अध्यक्ष बन्न आउँदैछु भन्ने कुरा उहाँले व्यक्त गरेको हामीले सुनेका छैनौँ ।’

उनले प्रेस चौतारी चौतारीको पत्रकार भेटघाटमा बोल्ने क्रममा भण्डारीको कोशी प्रदेश भ्रमणका क्रममा अनेक आशंका भएको बताए ।

भण्डारी एमलेकै पूर्वउपाध्यक्ष र एमालेकै तर्फबाट राष्ट्रपति समेत भएकोले उनलाई स्वागत गर्न जानु दायित्वभित्र पर्ने राईले बताए ।

‘दुईवटा कार्यक्रमबारे कुरा गर्नु उचित हुन्छ । उहाँ कोशी प्रदेशमा केही दिनअगाडि आउनुभयो । पहिलो महिला जनप्रतिनिधिहरूको राष्ट्रिय भेला विराटनगर महानगरपालिकाले गरेको थियो । त्यसमा देशभरका महिला जनप्रतिनिधि र उपाध्यक्ष लगायत सहभागी थिए’, उनले भने, ‘त्यस कार्यक्रममा उहाँ प्रमुख अतिथि हुनुभएको थियो। पूर्वराष्ट्रपतिज्यू कोशी प्रदेशमा आउँदा हामीले स्वागत गर्यौँ । उहाँ एमालेको पूर्वउपाध्यक्ष हुनुहुन्छ । एमालेकै पृष्ठभूमिमा उहाँ उचाइमा पुग्नुभएको हो ।’

भण्डारीको अर्को कार्यक्रम मदन भण्डारी प्रतिष्ठान कोशी र एमालेको विज्ञान तथा प्रविधि विभागले गरेको कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम बिर्तामोडको देवी माध्यमिक विद्यालयमा भएको पनि उनले बताए ।

राईले भण्डारी एमालेको राजनीतिमा फर्किँर्दै गरेको अथवा अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्न लागेको भन्ने कुरामा सत्यता नभएको बताए ।

‘बजारमा अहिले यस्ता हल्लाले ठाउँ पाएका छन् ,’ राईले भने, ‘उहाँ स्वयमले यस्ता कुराहरू अभिव्यक्त गर्नुभएको छैन ।’

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १ : ३२ बजे

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा

कसरी चिन्ने फेक आइडी ?

काठमाडौं- एउटा भनाइ छ- ‘गलत सूचना पाउनुभन्दा सूचना नपाउनु नै

रास्वपा केन्द्रीय समिति बैठक बुधबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान