स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिन्छ : अर्थमन्त्री « Khabarhub

स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिन्छ : अर्थमन्त्री


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा भएका स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिने बताएका छन् ।  

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले नेपालमा अथाह प्राकृतिक स्रोतहरू रहेको भन्दै त्यसलाई सदुपयोग गर्दै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका हुन् । वनस्पति, वन्यजन्तु र जलश्रोतको हिसाबले नेपाल निकै अघि रहेको उल्लेख गर्दै उनले त्यसको उचित सदुपयोगमा जोड दिए ।

५० वर्षको आन्तरिक आवश्यकता पूर्ति गर्न सक्ने तेल र ग्याँसको भण्डारका साथै युरेनियमको खानी समेत नेपालमा रहे पनि अध्ययन हुन नसक्दा मुलुक सदैव पछि परेको उनले बताए ।

पौडेलले प्राकृतिक स्रोत र जनशक्तिको सही ढंगले सदुपयोग गर्ने गरी आवश्यक नीति सरकारले बनाउने उल्लेख गरे ।

साथै पौडेलले स्वदेशमै अवसर सिर्जना गर्न सही दृष्टिकोणको खाँचो रहेको पनि बताए  ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १ : ४० बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक