कांग्रेस नेताहरू चीन भ्रमणमा जाँदै « Khabarhub

कांग्रेस नेताहरू चीन भ्रमणमा जाँदै


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेताहरू उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् । केन्द्रीय सदस्य बलबहादुर केसीको नेतृत्वमा कांग्रेस नेताहरू साताव्यापी चीन भ्रमणमा जान लागेका हुन् । 

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा आफूहरू बिहीबार रातीको उडानबाट चीनको बेइजिङ जाने तयारी रहेको नेता केसीले जानकारी दिए । उनकाअनुसार कांग्रेसको भ्रमण टोली राति ११ः३० बजे काठमाडौंबाट चीनको गोन्झाओ हुँदै शुक्रबार दिउँसो बेइजिङ पुग्ने कार्यक्रम छ ।

‘चिनियाँ कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसलाई पार्टी टु पार्टी छलफलका लागि आमन्त्रण गरेको हो,’ केन्द्रीय सदस्य केसीले खबरहबसँग भने, ‘पार्टीले मलाई टोलीको नेतृत्व गरेर जान जिम्मेवारी दिएको छ । हामी १७ जना चीन जान लागेका छौँ ।’ 

नेता केसीले चीन भ्रमणमा जानुअघि बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेर सरसल्लाह गरेका छन् । यसअघि केसीले इतर समूहको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापासँग पनि भेटघाट र सरसल्लाह गरेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  २ : ३२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण