प्रचण्ड र माधव नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल « Khabarhub

प्रचण्ड र माधव नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । 

बिहीबार सिंहदरबारस्थित माओवादी दलको कार्यालयमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र संसद्को गतिरोधका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद् खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा छलफल भएको बताएका छन् ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले सदनका बारेमा छलफल भएको जानकारी दिए । उनले विपक्षी लगाएर अन्य दलहरूसँग छलफल गरेर आवश्यक निर्णय हुने बताए

सदनको गतिरोध खुलाउन माओवादीको दुई बुँदे ड्राफ्टमा समाजवादीले समेत सहमति जनाएको छ । भेटवार्तामा माओवादी उपमहासचिव वर्षमान पुन, शक्ति बस्नेत, हितराज पाण्डे र  समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू समेत सहभागी थिए । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ३ : १२ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी