नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने | Khabarhub Khabarhub

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले यही जुन १० मा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक कार्यक्रममा सो समझदारीपत्रमा हस्ताक्षर गरेको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ ।  

समझदारीपत्रमा दुवै पक्षले रोजगारी, श्रम कानुन, व्यवसायका उत्कृष्ट अभ्यासबारे जानकारी साझेदारी गर्ने, तालिम, अनुसन्धान र क्षमता अभिवृद्धिका लागि संयुक्त कार्यक्रमहरूसहित र लगानी प्रवर्द्धनलाई जोड दिइने उल्लेख गरिएको छ ।

समझदारीपत्रमा बिटुबी सहकार्यलाई प्राथमिकता दिनुका साथै दुवै संस्थाले व्यापारिक साझेदार पहिचान, व्यावसायिक मञ्चबीच सहकार्य र लगानीका अवसरबारे आ–आफ्ना सदस्यहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका महासङ्घका अध्यक्ष ढकालले बताए।

सम्झौताअनुसार उद्यमशीलता, औद्योगिक सम्बन्ध, मानव संशाधन, व्यावसायिक सुरक्षा, सीप विकास र लगानी प्रवर्द्धनका क्षेत्रमा सहयोग आदानप्रदान गरिने उनले जानकारी दिए ।

क्याम्फेबाका उपाध्यक्ष लोरले महासङ्घ र क्याम्फेबाबीचमा भएको यो समझदारीले नयाँ अवसर सिर्जना गर्नुका साथै बलियो सञ्जाल र क्षेत्रीय सहकार्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे। 

समझदारीको प्रभावकारी कार्यान्वयनका लागि नियमित परामर्श र आवश्यक कार्य व्यवस्था मिलाइने अध्यक्ष ढकालको सचिवालयले जनाएको छ । उक्त सम्झौता हस्ताक्षर भएको मितिदेखि लागू भई ९० दिनको सूचनामा रद्द गर्न सकिने प्रावधान रहेको अध्यक्ष ढकालले जानकारी दिए । यो साझेदारीले नेपाल र कम्बोडियाबीच आर्थिक सहकार्य गहिरो बनाउनुका साथै समावेशी व्यापारिक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको उनले बताए। 

समझदारीपत्र हस्ताक्षर समारोहमा महासङ्घका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, कार्यकारिणी सदस्य बाबुकाजी कार्की र क्याम्फेबाका कार्यकारी निर्देशक तेप सोफोआनको पनि उपस्थिति थियो । यो सम्झौताले दुई देशको व्यापार प्रवर्द्धन, व्यापारिक समुदायबीच सहकार्य र लगानी विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ३४ बजे

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

चितवन– मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द गरिएको छ

स्वस्थ मासुको छनोट कसरी गर्ने ?

दशैँको  मनोविज्ञान राम्रो लाउने, मीठो खानेसँग जोडिन्छ । मिठोसँग खाएको

स्कुटर दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

कैलाली– कैलालीको धनगढी उपमाहनगरपालिका–१३ राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एक

मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन

महिला नेतृत्वको सहकारीमार्फत ३५० खसीबोका बिक्री

नवलपरासी– नवलपरासीको हुप्सेकोट गाउँपालिका– ४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक