पोखरामा सीजी हिरो मोटोकर्पले ‘एक्सट्रयाक’ आयोजना गर्ने « Khabarhub

पोखरामा सीजी हिरो मोटोकर्पले ‘एक्सट्रयाक’ आयोजना गर्ने


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी हिरो मोटोकर्पले एक्सट्रयाकको दोस्रो संस्करण पोखरामा यही शनिबार गर्ने भएको छ । पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित ‘डर्ट टेम्पल’मा ३ सय बढी राइडरहरुको सहभागितामा ‘एक्सट्रयाक’ इभेन्ट सम्पन्न गरेसँगै अब पोखरामा पनि गर्नलागेको हो ।

पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने ‘एक्सट्रयाक इभेन्ट’ बिहान १० बजेबाट सुरु हुनेछ ।

पोखराको इभेन्टमा मोटरसाइकलप्रेमी राइडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राइडिङ्गको अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ ।

यस इभेन्टमा सहभागिता जनाउन चहनेले हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेजान गई निःशुल्क रूपमा रजिष्ट्रेसन गरी आफ्नो सिट सुरक्षित गर्नुपर्नेछ । सहभागिताका लागि चालक अनुमति पत्रका साथ सेफ्टी गियरहरु साथमामा लिएर आउनु पर्नेछ । 

इभेन्टमा सहभागी तथा अनुभवी राईडरहरुका लागि हिरो मोटोकर्पका तर्फबाट मोटरसाइकल उपलब्ध गराइनेछ । साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले बताएको छ । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ५२ बजे

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको