आइएमई लाइफ इन्स्योरेन्सका बिमित र अभिकर्तालाई मेडिसिटीमा १० प्रतिशत छुट  « Khabarhub

आइएमई लाइफ इन्स्योरेन्सका बिमित र अभिकर्तालाई मेडिसिटीमा १० प्रतिशत छुट 


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिसिटी अस्पताल र आईएमई लाइफ इन्स्युरेन्स कम्पनीबीच सहकार्यका लागि सम्झौता भएको छ । 

सम्झौताअनुसार अब कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले हस्पिटलको उपचार सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।  साथै, हेल्थ चेकअप प्याकेजहरूमा पनि विशेष सहुलियत प्रदान गरिने भएको छ।

छुट आईएमई लाइफको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाएर बीमितले प्राप्त गर्न सक्नेछन् । यस्तै, अभिकर्ता र कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र देखाएर छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सहकार्यलाई व्यावसायिक सम्बन्ध सुदृढ गर्नुका साथै बीमित, अभिकर्ता र कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने प्रयासका रूपमा हेरेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ५२ बजे

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको