डाक्टरको होस्टेलमा बज्रिएको थियो दुर्घटनाग्रस्त विमान, निगरानी गर्न प्रधानमन्त्री मोदी आफैँ सक्रिय « Khabarhub

डाक्टरको होस्टेलमा बज्रिएको थियो दुर्घटनाग्रस्त विमान, निगरानी गर्न प्रधानमन्त्री मोदी आफैँ सक्रिय


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको गुजरात राज्यको अहमदावाद शहरमा एअर इन्डियाको विमान दुर्घटनामा परेको छ । एयर इन्डियाको विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा परेको हो ।

विमान अहमदावादबाट लण्डनस्थित गाट्विक विमानस्थल जाँदै थियो ।

दुर्घटनाग्रस्त विमानमा १२ जना चालक दलका सदस्यसहित २ सय ४२ जना सवार थिए । दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ । गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि विमानमा सवार थिए । उनी आफ्नी छोरी भेट्न लण्डन जाँदै थिए ।

२ सय ३० यात्रुमध्ये १ सय ६९ जना भारतीय नागरिक छन् । त्यसैगरी, ५३ जना बेलायती, सात जना पोर्चुगिज र एक जना क्यानेडियन नागरिक पनि विमानमा सवार थिए ।

उडान भरेको तीन मिनेटमै विमानस्थल नजिकै पर्ने मेघनानी नगर क्षेत्रमा विमान खसेको थियो । विमान डाक्टर होस्टेलमा बज्रन पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

होस्टेलमा विमान बज्रिएका कारण १५ जना डाक्टर पनि घाइते भएको भारतीय टेलिभिजन एबीपीले जनाएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै एबीपीले जनाएअनुसार दुर्घटनास्थलमा कम्तिमा २० देखि २५ जना घाइते भएका छन् । कतिपयले ज्यान बचाउन सातौं तलाबाट समेत हाम फालेका थिए । दुर्घटनामा परी उनीहरु पनि घाइते भएका छन् ।

क्याप्टेन सुमित सभरवालको नेतृत्वमा दुर्घटनाग्रस्त विमानले उडान भरेको थियो । उनीसँगै प्रथम अधिकारी क्लाइभ कुन्दरले पनि विमान सञ्चालन गरिरहेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उडिरहेको विमान तल झर्दै एक्कासी आगोको गोला बनेको देखिएको छ । लगत्तै त्यहाँ धुवाँको कालो मुस्लो पनि देखा पर्छ ।

यो दुर्घटनाको कारणबारे अनुसन्धान गर्न नागरिक उड्डयन महानिर्देशनालयले निर्देशन दिएको छ । यद्यपि विमानको ब्लाक बक्स फेला परेपछि बल्ल दुर्घटनाको कारण यकिन हुने जनाइएको छ ।

दुर्घटनापछि केन्द्रीय गृहमन्त्री अमित शाह अहमदावाद जाँदैछन् । केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नायडू पनि दुर्घटनास्थल जानेछन् ।

दुर्घटनाको निगरानी गर्न प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ सक्रिय रुपमा लागेको जनाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ५ : २७ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट