डाक्टरको होस्टेलमा बज्रिएको थियो दुर्घटनाग्रस्त विमान, निगरानी गर्न प्रधानमन्त्री मोदी आफैँ सक्रिय « Khabarhub

डाक्टरको होस्टेलमा बज्रिएको थियो दुर्घटनाग्रस्त विमान, निगरानी गर्न प्रधानमन्त्री मोदी आफैँ सक्रिय


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको गुजरात राज्यको अहमदावाद शहरमा एअर इन्डियाको विमान दुर्घटनामा परेको छ । एयर इन्डियाको विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा परेको हो ।

विमान अहमदावादबाट लण्डनस्थित गाट्विक विमानस्थल जाँदै थियो ।

दुर्घटनाग्रस्त विमानमा १२ जना चालक दलका सदस्यसहित २ सय ४२ जना सवार थिए । दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ । गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि विमानमा सवार थिए । उनी आफ्नी छोरी भेट्न लण्डन जाँदै थिए ।

२ सय ३० यात्रुमध्ये १ सय ६९ जना भारतीय नागरिक छन् । त्यसैगरी, ५३ जना बेलायती, सात जना पोर्चुगिज र एक जना क्यानेडियन नागरिक पनि विमानमा सवार थिए ।

उडान भरेको तीन मिनेटमै विमानस्थल नजिकै पर्ने मेघनानी नगर क्षेत्रमा विमान खसेको थियो । विमान डाक्टर होस्टेलमा बज्रन पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

होस्टेलमा विमान बज्रिएका कारण १५ जना डाक्टर पनि घाइते भएको भारतीय टेलिभिजन एबीपीले जनाएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै एबीपीले जनाएअनुसार दुर्घटनास्थलमा कम्तिमा २० देखि २५ जना घाइते भएका छन् । कतिपयले ज्यान बचाउन सातौं तलाबाट समेत हाम फालेका थिए । दुर्घटनामा परी उनीहरु पनि घाइते भएका छन् ।

क्याप्टेन सुमित सभरवालको नेतृत्वमा दुर्घटनाग्रस्त विमानले उडान भरेको थियो । उनीसँगै प्रथम अधिकारी क्लाइभ कुन्दरले पनि विमान सञ्चालन गरिरहेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उडिरहेको विमान तल झर्दै एक्कासी आगोको गोला बनेको देखिएको छ । लगत्तै त्यहाँ धुवाँको कालो मुस्लो पनि देखा पर्छ ।

यो दुर्घटनाको कारणबारे अनुसन्धान गर्न नागरिक उड्डयन महानिर्देशनालयले निर्देशन दिएको छ । यद्यपि विमानको ब्लाक बक्स फेला परेपछि बल्ल दुर्घटनाको कारण यकिन हुने जनाइएको छ ।

दुर्घटनापछि केन्द्रीय गृहमन्त्री अमित शाह अहमदावाद जाँदैछन् । केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नायडू पनि दुर्घटनास्थल जानेछन् ।

दुर्घटनाको निगरानी गर्न प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ सक्रिय रुपमा लागेको जनाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ५ : २७ बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका