तापजन्य जोखिमबारे गम्भीर हुन आग्रह « Khabarhub

तापजन्य जोखिमबारे गम्भीर हुन आग्रह


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन धनको क्षति रोक्न उपयुुक्त नीति बनाइ कार्यान्वयनतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तर्राष्ट्रिय सङ्गठनद्वारा आज राजधानीमा आयोजित यससम्बन्धी कार्यक्रममा राष्ट्रसङ्घीय आवाससम्बन्धी संस्था युएन हेविट्याटकी विज्ञ प्रज्ञा प्रधानले तातो हावाका कारण पीडित हुने जनतालाई केन्द्रित गरेर नीति नियम बन्नुपर्ने बताए। 

केही समय अघिसम्म यसलाई समस्या नै नदेख्ने गरिएको उल्लेख गर्दै उनले अब तातो हावाबाट मानव स्वास्थ्यलाई पर्ने प्रभावलाई रोक्ने र परिहाले राहत तथा उपचारका लागि व्यवस्थित प्रणाली अत्यावश्यक भएको बताए। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा प्रकाश बुढाथोकीले मन्त्रालयले तातो हावाका कारण तत्काल धेरै सङ्ख्यामा व्यक्ति प्रभावित हुने भएकाले आपतकालीन समस्याका रुपमा लिने र त्यसअनुसार तयारी गर्ने नीति लिएको बताए। तातो हावाका प्रकोपले मानव स्वास्थ्य र पूर्वाधारलाई क्षति पुर्‍याउने भएकाले पूर्वचेतावनी दिने प्रणाली स्थापना गर्न खोजिएको उनले बताए। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले सरकारले तापजन्य प्रकोप व्यवस्थापनका लागि कार्य योजना बनाउने बताए। यसका लागि जनचेतना बढाउने कार्यक्रम, कुल्लिङ सेन्टर र पानी वितरणलगायत कार्य कर्म गर्न थालिएको उनले जानकारी दिए ।
 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : १८ बजे

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ