संसद्को अवरोध अनावश्यक बखेडा : गृहमन्त्री « Khabarhub

संसद्को अवरोध अनावश्यक बखेडा : गृहमन्त्री


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अनावश्यक रुपमा बखेडा झिकेर संसद् अवरुद्ध पार्ने काम भएको बताएका छन् ।

नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले कर्मचारीले गरेको गल्तीलाई सरकार र मन्त्रीसँग जोड्दै अनावश्यक रुपमा बखेडा झिकेर संसद् अवरुद्ध पार्ने काम भएको बताएका हुन् ।

संसद्को अवरोध राजनीतिक पूर्वाग्रह, प्रतिशोध प्रेरित रहेको उनले बताए । गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले उठाएको विषयको कुनै अर्थ र औचित्य नरहेको भन्दै संसद्को अवरोध चाँडै हट्नुपर्ने धारणा राखे ।

संसद्को अवरोध हटेपछि असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गरेर शिक्षकहरूका माग पुरा गर्ने उनले बताए ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ३० बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी