पोखराका सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोपमा ब्ल्याकमेल गर्ने महिलासहित ३ पक्राउ « Khabarhub

पोखराका सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोपमा ब्ल्याकमेल गर्ने महिलासहित ३ पक्राउ


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा एक सुनचाँदी पसल सञ्चालकलाई यौन दुर्व्यवहारको झुटो आरोपमा फसाएर ५० लाख फिरौती माग्ने योजनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १५ की २७ वर्षीया मरियम राई, मोरङका ३८ वर्षीय देव लिम्बु र संखुवासभाका ४० वर्षीय टेकबहादुर सुवेदी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पोखरा–४ मा रहेको एक सुनचाँदी पसलमा काम गर्ने मरियम राईले उक्त पसलका साहुले आफूमाथि यौन दुर्व्यवहार गरेको झुटो आरोप लगाउँदै, आफन्तको नातामा रहेका लिम्बु र सुवेदीलाई मोरङ र संखुवासभाबाट बोलाइ ल्याएकी थिइन् । तीनै जना मिलेर पोखरा–६ लेकसाइडस्थित होटलमा पसल संचालककी श्रीमतीलाई बोलाई एक साता सम्म मानसिक दबाब दिएको प्रहरीले जनाएको छ ।

तीन जनाले महिलामार्फत सञ्चालकको परिवारलाई ‘तपाईंको श्रीमानमाथि यौन दुर्व्यवहारको मुद्दा हालिदिन्छौँ, जीवनभर पुग्ने सम्पत्ति, घर, व्यवसायको व्यवस्थापन गरिदिनु, होइन भने कानुनी रूपमा सडाइदिन्छौं’ भन्दै डरधम्की दिएका थिए। यिनले त्यसबापत ५० लाख मागेको उजुरीपछि प्रहरीले सक्रियता देखाउँदै तिनै जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले घटनामा प्रयोग भएका प्रमाणहरूसमेत बरामद गरेको छ। बरामद सामानहरूमा तीन थान मोबाइल, वार्तालापको अडियो रहेको एक थान पेनड्राइभ र एक्सर्टसनसँग सम्बन्धित कागजातहरू रहेका छन् ।

घटनापछि तीनै जनालाई कास्की जिल्ला अदालतबाट ‘आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक (प्रनाउ.) हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार, प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरुले योजनाबद्ध रूपमा पीडित परिवारलाई ब्ल्याकमेल गर्ने उद्देश्यले झुटो यौन आरोप तयार पारेको पुष्टि भएको छ। प्रहरीले घटनाको पृष्ठभूमि र संलग्नता थप गहिराइमा अध्ययन गरिरहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ३९ बजे

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

तेहरान– अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल

बालेन सरकारले उल्ट्यायो ओली सरकारको निर्णय, एकेडेमीको जग्गा प्रहरीलाई नै फिर्ता

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा

सरकारका प्रवक्ताको जवाफ : सुकुम्बासी बस्ती हटाउने निर्णय भएको छैन

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुम्बासी हटाउने तयारी गरिरहेका

चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्तिे

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार, धम्की

खानेपानी परियोजनालाई एडीबीबाट ऋण लिन वार्ता टोली गठन गरिने

काठमाडौं – सरकारले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि