भिजिट भिसासहितका भ्रष्टाचारको छानबिनमा कांग्रेस–एमाले प्रतिबद्ध, माओवादी र समाजवादी पनि सहमत « Khabarhub

भिजिट भिसासहितका भ्रष्टाचारको छानबिनमा कांग्रेस–एमाले प्रतिबद्ध, माओवादी र समाजवादी पनि सहमत


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणसहितका भ्रष्टाचारको छानबिन गर्ने प्रतिवद्धता जनाएका छन् । 

संघीय संसद् भवनमा बिहीबार बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा कांग्रेस–एमालेले भिजिट भिसा प्रकरणसहितका भ्रष्टाचारको छानबिन गर्ने साझा प्रतिवद्धता जनाएका हुन् ।   

कांग्रेस र एमालेका उक्त साझा प्रतिवद्धतापछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी जेठ पहिलो १३ देखि सुरु भएको संसद्को गतिरोध हटाउन तयार भएका छन् । 

एमालेका एक नेताले खबरहबलाई बताएअनुसार दुई दलको साझा प्रतिवद्धतामा असन्तुष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मनाउने वचन माओवादी केन्द्रले बैठकमा दिएको छ । 

‘हामीले छानबिन या संसदीय समिति बनाउने कुरामा सहमति गरेको होइन,’ ती नेताले भने, ‘हामी दुई दल भ्रष्टाचार र अनियमितताबारे छानबिन गरी सुशासन कायम गर्न प्रतिवद्ध रहेकाले प्रतिपक्षी दलहरू त्यस कुरामा कन्भिन्स भएर संसद्को गतिरोध हटाउने दिशामा अघि बढेका छौँ ।’

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ५१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल