भिजिट भिसासहितका भ्रष्टाचारको छानबिनमा कांग्रेस–एमाले प्रतिबद्ध, माओवादी र समाजवादी पनि सहमत | Khabarhub Khabarhub

भिजिट भिसासहितका भ्रष्टाचारको छानबिनमा कांग्रेस–एमाले प्रतिबद्ध, माओवादी र समाजवादी पनि सहमत


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणसहितका भ्रष्टाचारको छानबिन गर्ने प्रतिवद्धता जनाएका छन् । 

संघीय संसद् भवनमा बिहीबार बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा कांग्रेस–एमालेले भिजिट भिसा प्रकरणसहितका भ्रष्टाचारको छानबिन गर्ने साझा प्रतिवद्धता जनाएका हुन् ।   

कांग्रेस र एमालेका उक्त साझा प्रतिवद्धतापछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी जेठ पहिलो १३ देखि सुरु भएको संसद्को गतिरोध हटाउन तयार भएका छन् । 

एमालेका एक नेताले खबरहबलाई बताएअनुसार दुई दलको साझा प्रतिवद्धतामा असन्तुष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मनाउने वचन माओवादी केन्द्रले बैठकमा दिएको छ । 

‘हामीले छानबिन या संसदीय समिति बनाउने कुरामा सहमति गरेको होइन,’ ती नेताले भने, ‘हामी दुई दल भ्रष्टाचार र अनियमितताबारे छानबिन गरी सुशासन कायम गर्न प्रतिवद्ध रहेकाले प्रतिपक्षी दलहरू त्यस कुरामा कन्भिन्स भएर संसद्को गतिरोध हटाउने दिशामा अघि बढेका छौँ ।’

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ५१ बजे

पौवादुङमामा प्रभावकारी बन्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रम

भोजपुर– पौवादुङमा गाउँपालिकाले सञ्चालन गरेको ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’

महानवमीका दिन पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै

महोत्तरी– मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र (बडादशैँ) पर्वको अवसरमा

जिप दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

सुर्खेत– जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको जिप दुर्घटना हुँदा

सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

सर्लाही– सर्लाहीको हरिपुवामा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

चितवन– मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द गरिएको छ